पेट्रोलको मूल्य ५ रुपैयाँले घट्यो

काठमाडाैं | साउन ३१, २०८१

पेट्रोलको मूल्य ५ रुपैयाँले घट्यो तस्बिर फाइल

काठमाडौं:    नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । 


आज बसेको निगम सञ्चालक समितिको बैठकले शुक्रबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको हो । निगमले पेट्रोलको मूल्य प्रतिलिटर रु पाँच तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु तीन घटाएको जनाएको छ । 

    
निगमका अनुसार पहिलो वर्गमा पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय ६७ रहेकामा रु एक सय ६२ कायम भएको छ । दोस्रो वर्गका लागि प्रतिलिटर रु एक सय ६९ रहेकामा रु एक सय ६४ र तेस्रो वर्गका लागि प्रतिलिटर रु  एक सय ७० रहेकामा रु एक सय ६५ कायम गरिएको छ । 

    
साथै डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गका लागि रु एक सय ५५ रहेकामा रु एक सय ५२ कायम गरिएको छ । साथै दोस्रो वर्गका लागि रु एक सय ५७ रहेकामा रु एक सय ५४ र तेस्रो वर्गका लागि रु एक सय ५८ रहेकामा रु एक सय ५५ कायम गरिएको निगमले जनाएको छ । 

    
पहिलो वर्गमा चारआली, बिराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज छन् । साथै दोस्रो वर्गमा  सुर्खेत र दाङ  तथा तेस्रो वर्गमा पोखरा, काठमाडौँ, दीपायललाई राखिएको छ । 

पोखरा:  रेडियो अन्नपूर्ण ९३।४ मेगाहर्ज पोखराले मंसिर १८ गते “स्मृतिमा झलकमान र नारायण गोपाल साँझ” आयोजना  गर्ने भएको छ ।  झलकमान गन्धर्व सारङ्गी पाठशाला र पोखरा महानगरपालिका...

थप पढ्नुहोस्

पोखरा:   पोखरामा सम्पन्न नवौं पिभिटिसी क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ बोहोराफाँट समाज जापान गलकोट र महिलातर्फ झिर हाउस बागलुङले उपाधि चुमेको छ ।  पोखरा–३ नदी...

थप पढ्नुहोस्

पोखरा: कास्की जिल्ला टेनिस संघद्वारा आयोजनामा पोखरा रंगशालाको टेनिस सेन्टरमा सञ्चालन हुने आइटिएफ वल्र्ड टेनिस टुर जे-३० सर्किट १ र २ को सम्पूर्ण तयारी पुरा भएको छ ।   भोली (सोमबार) बाट सुरू हुन...

थप पढ्नुहोस्