मिस मगर नेपालको शिर्ष प्रायोजकमा ‘निट डेन्टल केयर प्रालि’

पाेखरा | साउन ३१, २०८१

मिस मगर नेपालको शिर्ष प्रायोजकमा ‘निट डेन्टल केयर प्रालि’

पोखरा:   हरेक वर्ष आयोजना हुँदै आएको मिस मगर नेपाल २०२४ को शिर्ष प्रायोजन निट डेन्टल केयर प्रालिले गर्ने भएको छ । 


एसटी क्रियसन म्यानेजमेन्ट प्रालिको आयोजना तथा नेपाल मगर संघ कास्कीको संरक्षकत्वमा हुँदै आएको सातौ संस्करणको मिस मगर नेपाल २०२४ को शिर्ष प्रायोजनको रुपमा निट डेन्टल केयर प्रालिले  गर्ने कार्यक्रमका टिम संयोजक प्रियन्का गर्बुजा मगरले जानकारी दिईन् । 


मिस मगर नेपालको शिर्ष प्रायोजन सम्झौता पत्रमा आज (बिहीबार) निट डेन्टल केयर प्रालिका निर्देशक बिरबहादुर राना (विरेन) र मिस मगर नेपालका कार्यक्रम निर्देशक सुरज थापामगरले हस्ताक्षर गरे । 
सातौ संस्करणको मिस मगर नेपालमा २० जना प्रतिस्पर्धीहरु मध्ये ११ जना फाइनल चरणमा प्रवेश गरेका छन् । 

 


अहिले ११ जना प्रतिस्पर्धीहरुलाई विभिन्न तालिमहरु दिँदै आएको कार्यक्रम टिम संयोजक गर्बुजा मगरले जानकारी दिईन् । 


उनका अनुसार फाइनल चरणमा दिपिका आले मगर (रामेछाप), आशिका गर्बुजा मगर (म्याग्दी), अनुजा पुन मगर ( बागलुङ), नरिशा पुन मगर (म्याग्दी), सरिता थापामगर (रामेछाप), माया दर्लामी मगर (स्याङ्जा), रश्मि आले मगर (महोत्तरी), जानकी राजकोटी मगर (महोत्तरी), अस्मिता बुढा मगर (रोल्पा), कृष्टिना पुन मगर (म्याग्दी) र जेरुशा सारु मगर (काठमाडौं) रहेकी छिन् । 


अहिले मिस मगर नेपाल २०२४ का सातौ संस्करणका प्रतिस्पर्धीहरुलाई मगर मातृभाषा, कला, संस्कृतिहरु बारे प्रशिक्षण भइरहेको छ  । प्रतिस्पर्धीहरुलाई कार्यक्रम संयोजक तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीका अध्यक्ष रुद्र श्रीसमगरले भाषा, कला र संस्कृतिको प्रशिक्षण दिइरहेका छन् । 


मिस मगरका प्रतिस्पर्धीहरुलाई मातृभाषाको तालिमसँगै नेतृत्व विकास भेषभुषा, कला र संस्कृति लगायतका विभिन्न तालिमहरु समेत प्रदान गर्दै आएको आयोजकले जनाएको छ । 


मिस मगर नेपालको सातौं संस्करणको ग्राण्ड फिनाले भदौ २२ गते होटल पोखरा ग्राण्डमा हुनेछ । कार्यक्रमको मिडिया पाटर्नरमा फेवा टेलिभिजन, सुनगाभा न्यूज र मगर संसार फोटो ग्यालरी रहेको छ । 

पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ ।   पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...

थप पढ्नुहोस्

बन्दीपुर ।     पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ ।   गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

थप पढ्नुहोस्

पोखरा —    नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

थप पढ्नुहोस्