सङ्घीय संसद् भवन अगाडिको निषेधित क्षेत्रमा प्रदर्शन गर्ने क्रममा अभियन्ता सुनार पक्राउ
काठमाडाैं | साउन २९, २०८१
काठमाडौं: सरकार निर्माण तथा राजनीतिक नियुक्तिलगायत सबै क्षेत्रमा दलित समुदायको समानुपातिक समावेशी प्रतिनिधित्वको माग गर्दै केही दिनदेखि यहाँस्थित माइतीघर मण्डलामा आन्दोलनरत दलितका लागि दलित अभियान, नेपालका संयोजक खगेन्द्र सुनारलाई आज प्रहरीले पक्राउ गरेको छ ।
सङ्घीय संसद् भवन नयाँबानेश्वर अगाडि निशेधित क्षेत्रमा प्लेकार्डसहित प्रदर्शन गर्न खोज्दा संयोजक सुनारलाई पक्राउ गरिएको हो । हातखुट्टामा साङ्लाले बाँधिएर आन्दोलन गरिरहेका सुनारलाई आज दिउँसो पक्राउगरी प्रहरीवृत्त नयाँबानेश्वरमा राखिएको अभियन्ता रेम विकले जानकारी दिनुभयो ।
प्रदर्शनकारीहरूले दलितलाई मन्त्री खै ? दलितलाई कानुन खै ? दलितलाई नियुक्ति खै ? जस्ता प्रश्न लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

