प्रदर्शन र हुलदङ्गामा सहभागी नहुन बेलायतस्थित नेपाली दूतावासको अनुरोध
काठमाडाैं | साउन २३, २०८१

काठमाडौं: केही दिनदेखि बेलायतका विभिन्न सहरमा प्रदर्शन/हुलदङ्गा चलिरहेकाले यहाँ रहेका एवं बेलायत भ्रमण गर्न लागेका सम्पूर्ण नागरिकलाई हुलदङ्गा भएको स्थानमा भ्रमण नगर्न र प्रदर्शनमा सहभागी नहुन अनुरोध गरिएको छ ।
लन्डनस्थित नेपाली राजदूतावासले आज एक सूचना जारीगरी बेलायतको वर्तमान अवस्थालाई नजिकबाट नियालिरहेको उल्लेख गर्दै सम्पूर्ण नेपाली नागरिकलाई आवश्यक सुरक्षा सतर्कता अपनाउन एवं स्थानीय सञ्चारमाध्यम तथा सुरक्षा निकायले जारी गरेका सूचनाहरू ध्यानपूर्वक पालना गर्न आग्रह गरेको छ ।
साथै, बेलायतस्थित नेपाली सङ्घ/सङ्गठनहरूलाई आफ्नो संस्था/समुदायमार्फत नेपाली नागरिकहरूलाई सुरक्षा सतर्कता अपनाउने सम्बन्धमा जानकारी गराउन र त्यसका लागि समन्वय गर्न पनि दूतावासले अनुरोध गरेको छ ।
आपतकालीन अवस्थामा लन्डनस्थित नेपाली राजदूतावासको फोन नं +44(0) 2072291594, +447404939274 र Email: [email protected], [email protected] मा सम्पर्क गर्न अनुरोध गरेको छ ।
काठमाडौंः जिल्ला प्रहरी परिसर काठमाडौंमा बैंकिङ कसुरका मुद्दाको चाङ लागेको छ । परिसर प्रमुख विश्व अधिकारीका अनुसार बितेको एक वर्षमा दर्भएका १२ हजार ९१५ मुद्दामा छ हजार ५५३ मुद्दा बैंकिङ कसुरका छ...
गलकोट: बागलुङको काठेखोला गाउँपालिका–७ रेश गाउँका गुमबहादुर घर्ती र उहाँकी श्रीमती देवी तथा अमरबहादुर थापाले गाउँका खेत बाँझिन थालेपछि ठेक्कामा रोपाइँ गर्न थाल्नुभएको छ । गाउँको एक...
नुवाकोट: त्रिशूली नदीले पक्कि सडक कटान गरेपछि त्रिदेशिय सडक मार्ग अवरुद्ध भएको छ । कपितपय स्थानमा वस्ती नै जोखिममा परेका छन् । त्रिदेशिय सडक मार्ग अन्तर्गत विदुर–वेत्रावति–किस्पाङ–मै...