गण्डकी प्रदेश सरकारद्वारा प्रहरीलाई उपकरण सहयोग
पाेखरा | साउन २३, २०८१
पोखरा: गण्डकी प्रदेश सरकारले प्रविधिको प्रयोगमार्फत ट्राफिक व्यवस्थापनलाई थप चुस्त र प्रभावकारी बनाउने उद्देश्यले प्रहरीलाई उपकरण सहयोग गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित एक कार्यक्रमका बीच मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक दुर्गा सिंहलाई दुई थान ब्रेथलाइजर र एक थान राडर गन हस्तान्तरण गर्नुभयो ।
प्रहरी नायब महानिरीक्षक सिंहले पछिल्लो समय ट्राफिक प्रहरीले तीव्र गतिका कारण हुने सवारी दुर्घटना न्यूनीकरणका लागि राडर गन, टाइम कार्डलगायत प्रविधिको प्रयोग गर्दै आएको जानकारी दिनुहुँदै प्राप्त उपकरणले सो अभियानमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
यस्तै प्रहरीले यहाँ सवारी चालकले मादकपदार्थ सेवन गरेरनगरेको जाँचका लागि ब्रेथलाइजर प्रयोग गर्दै आएको छ । ब्रेथलाइजरको सहयोगमा मादकपदार्थ सेवनगरी सवारीसाधन चलाउने चालकलाई नियन्त्रणमा लिई कारबाही गर्न थालेपछि ‘मापसे’ गरेर सवारी चलाउने प्रवृत्ति घटेको जनाइएको छ ।
पोखरा: नेपाल परिवार नियोजन संघ कास्की शाखाले शुक्रबार पोखरा महानगरपालिका वडा नं २ स्थित विन्ध्यवासिनी माविमा यौन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान संचालन गरेको छ । संघले किशोर किशोरी तथा युवालाई लक्षित...
लमजुङ: लमजुङमा जिपको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ । क्व्होलासोथार गाउँपालिका– ३ घलेगाउँबाट बेँसीसहर आउँदै गरेको ग१ज ६३०६ नम्बरको बोलेरो जिपले ठक्कर दिँदा सोही पालिका&...
काभ्रपेलाञ्चोक: सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) आफ्नै मुद्रण मेसिनबाट छाप्न सुरु गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सुरक्षण मुद्रण केन्द्रले आजदेखि लाइसेन्स छाप्न सुरु गरेको हो । ...

