पाेखरा १: वक्तृत्वकलामा कस्केरी तामाङ घेदुङ प्रथम
कास्की | असार २४, २०७९

पोखरा: पोखरा महानगरपालिका वडा १ को कार्यालयले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा तामाङ घेदुङ संघ कस्केरी इकाई समिति प्रथम भएको छ ।
चालु आर्थिक वर्ष २०७८/०७९ मा विनियोजित बजेटबाट आयोजना गरिएको जनजाति भेषभुषा संरक्षण सम्बन्धि वक्तृत्वकला प्रतियोगितामा ७ समुहलाई पछि पार्दै कस्केरी तामाङ घेदुङ समिति प्रथम भएको हो ।
त्यसैगरि उक्त प्रतियोगिताबाट सिमपानी तमु समाज द्धितिय र तान्चोक तमु समाजले तृतिय स्थान हाँसिल गरेको वडा सदस्य शोभा गुरुङले जानकारी दिइन् ।
उनका अनुसार ६ प्रतियोगितामा प्रथम द्धितिय र तृतिय हुने टिमले क्रमश नगद ७ हजर, ५ हजार र ३ हजार प्राप्त गरे । त्यसैगरि प्रतियोगितामा सहभागिता जनाएका सबै टिमलाई सहभागिताको प्रमाणपत्र सहित नगद राशीको समेत प्रदान गरिएको थियो ।
सो प्रतियोगितामा कार्यक्रम निर्णायकका रुपमा गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सुरेन्द्र गुरुङ, कवि कृष्ण बहादुर श्रेष्ठ र नेपाल तामाङ घेदुङका केन्द्रीय उपाध्यक्ष दीपक वाइबा तामाङ रहेका थिए ।
कार्यक्रममा पुरस्कार वितरण पश्चात बोल्दै प्रमुख अतिथि समेत रहेका पोखरा महानगरपालिका १ का वडाध्यक्ष साहारा प्रधानले नेपाल प्राकृतिक र साँस्कृतिक रुपमा धनि रहेको बताउदै संरक्षणमा विशेष ध्यान पु¥याउन आवश्यक रहेको धारणा राखेका थिए ।
कार्यक्रम संयोजक रामध्वज गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन शोभा गुरुङले गरेकी थिइन् ।
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व ईद–उल–अज्हा (बकर इद)–२०८२ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । आज एक शुभकामना सन्दे...
काठमाडौं: सरकारले भोलि (शनिवार) इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद–उल–अजहा) का दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारले पर्वको शुभकामना सहित बिदा दिने निर्णय गरेको...
पोखरा: पोखरा महानगरपालिका १ मोहरिया टोलस्थित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा शुक्रबारीय कार्यक्रम अन्तर्गत अंग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न भएको छ । अंग्रेजी हिज्जे प्रतियोगितामा आधारभुत तहमा...