दूतावाससँग समन्वय नगरी बङ्गलादेश नछाड्न नेपाली विद्यार्थीलाई आग्रह

काठमाडाैं | साउन २१, २०८१

दूतावाससँग समन्वय नगरी बङ्गलादेश नछाड्न नेपाली विद्यार्थीलाई आग्रह

काठमाडौं:    बङ्गलादेशमा रहेका नेपाली विद्यार्थीहरुलाई दूतावाससँग समन्वय नगरी देश नछाड्न ढाकास्थित नेपाली राजदूतावासले आग्रह गरेको छ ।


नेपाल फर्किन चाहने विद्यार्थी र सम्पूर्ण नेपालीहरुले राजदूतावाससँग समन्वय गरी सुरक्षा प्रबन्ध सुनिश्चित भइसकेपछि मात्र यात्रा गर्न दूतावास आग्रह गरेको हो ।


बङ्गलादेशमा चिकित्साशास्त्रको अध्ययनका लागि पुगेका नेपाली विद्यार्थीमध्ये करिब चार सय विद्यार्थीसहित सम्पूर्ण नेपाली सुरक्षित रहेको दूतावासले जनाएको छ । साथै बङ्गलबादेशमा अध्ययनरत अधिकांश नेपाली विद्यार्थी नेपाल फर्किसकेको पनि जनाएको छ ।


‘‘बङ्गलादेशमा अध्ययनरत अधिकांश नेपाली विद्यार्थीहरु नेपाल फर्किसकेको र हाल बाँकी रहेका करिब चार सय विद्यार्थीसहित सम्पूर्ण नेपालीहरु सुरक्षित रहनुभएको र उहाँहरुसँग राजदूतावास निरन्तर सम्पर्कमा रहेको छ ।’’ राजदूतावासले भनेको छ ।


राजधानी ढाकासहित बङ्गलादेशका अधिकांश ठाउँमा आइतबार साँझदेखि अनिश्चितकालीन कर्फ्यु जारी रहेका कारण दूतावासले आफ्नै तरिकाले बङ्गलादेशबाट बाहिरिने प्रयास नगर्न नेपालीहरूलाई आग्रह गरेको छ ।


बङ्ग्लादेशमा रहेका नेपालीहरू सुरक्षित रहेको पनि दूतावासले जनाएको छ ।


दूतावासले नेपाल फर्किने व्यवस्थाको समन्वयका लागि दुई वटा टेलिफोन नम्बर समेत सार्वजनिक गरेको छ ।


दूतावासका अनुसार नेपालीहरूले +८८०१८८०६९१०१३ वा +८८०१७४५४०७९५८ नम्बरमा सम्पर्क गरेर आवश्यक सहयोग लिन सक्छन् ।

 

काठमाडौं:   नेपाल शिक्षक महासंघको आह्वानमा जारी शिक्षक आन्दोलन आज १८औं दिनमा पुगेको छ।   विद्यालय शिक्षा विधेयक, २०८१ को यथाशीघ्र पारितीलगायतका मागसहित राजधानी केन्द्रित आन्दोलनमा उत्रिएक...

थप पढ्नुहोस्

पोखरा:   कास्कीको उत्तरी भेगमा रहेको अन्नपूर्ण गाउँपालिकामा पर्ने पर्यटकीय गाउँ हो घान्द्रुक ।   जुन निकै लोकप्रिय गन्तव्यहरुको लिस्टको अग्रभागमा पर्ने ठाउँ हो ।   आन्तरिक र बाह्य प...

थप पढ्नुहोस्

स्याङ्जाको पुतलीबजार नगरपालिका–९ काल्खुमा जारी ‘ऐतिहासिक काल्खु मेला’मा शनिबारदेखि दोस्रो चरणका खेल हुने भएको छ ।   जनसम्पर्क युवा क्लबको आयोजनामा गत चैत्र पूर्णिमा(३० गते) देखि ...

थप पढ्नुहोस्