स्कुल बस दुर्घटना: मृतक आमा-छोराको परिवारलाई २१ लाख दिने सहमति
१७ जना उपचारपछि घर फर्किए
पाेखरा | साउन १८, २०८१

पोखरा: पोखरा २१ मट्टिखान सडकखण्डमा स्कुल बस दुर्घटना हुँदा ज्यान गुमाएका आरती विक र उनको छोरा प्रिन्स विकको आज अन्त्येष्टी गरिने भएको छ ।
मुक्ति समाज नेपालको अगुवाईमा भएको छलफलबाट मृतक परिवारलाई २१ लाख क्षतिपुर्ति दिने सहमति भएपछि आज शब बुझेर अन्त्येष्टी गर्ने तयारी रहेको मुक्ति समाज नेपालका केन्द्रीय सचिव धन बहादुर नेपालीले जानकारी दिए ।
उनका अनुसार जिल्ला प्रहरी कार्यालयमा बिहीबार नागरिक समाज, मुक्ति समाज, मृतका आफन्त, विद्यालय व्यवस्थापन समिति, एनप्याप्सनका प्रतिनिधिसहितहरुबीच छलफल भएको थियो ।
उक्त छलफलबाट विद्यालय प्रशासनले, एनप्याप्सन र मुक्ति समाजको तर्फबाट २१ लाख रूपैयाँ दिने सहमति भएको बताइएको छ ।
पोखरा महानगरपालिका वडा नं. १७ बिरौटास्थित एलपी मेमोरियल इङ्लिस बोर्डिङ स्कूलको ग १ क ६२१९ नम्बरको बस बिहान दुर्घटनामा परेको थियो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार छोरेपाटन भन्दा ३ किमि माथि पोखरा महानगरपालिका २१ मट्टिखान जाने सडकको थुन्कु भन्ने ठाउँमा दुर्घटनामा हुँदा चालक, सहचालकसहित ३० जना घाइते भएका थिए ।
११ जनाको उपचार हुँदैं
उक्त दुर्घटनामा परि घाइतेहरुको अहिलेपनि विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक भानु शर्माका अनुसार मणिपालमा चालकसहित ३ जना, गण्डकी मेडिकल कलेजमा ४ जना र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५ गरी कुल ११ जनाको अहिलेपनि उपचार भइरहेको छ ।
अन्य १७ जना भने उपचारपछि घर फर्किेसकेका छन् ।
यो पनि पढ्नुहोस
पोखरा: विश्व वातावरण दिवसको अवसरमा विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलले विविध कार्यक्रम सम्पन्न गरेको छ । विश्व वातावरण दिवसमा प्लाष्टिक प्रदूषण अन्त्य गरौँ भन्ने मूल नाराका साथ विद्याल...
पोखरा: गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ वर्षका नीति तथा कार्यक्रम ल्याएको छ । प्रदेश प्रमुख डिल्लाराज भट्टले बुधबार प्रदेश सभामा नीति तथा कार्यक्रम वाचन गरे । प्रदेश सरकारको नीति तथा कार्य...
काठमाडौं: वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया र दक्षिण कोरिया पठाइदिने भन्दै १३ लाख ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाड...