शनिबार नयाँदिल्ली उड्दै गण्डकीका मुख्यमन्त्री पाण्डे

विन्दु थापालाई कार्यवहाकको जिम्मेवारी

पाेखरा | साउन ११, २०८१

शनिबार नयाँदिल्ली उड्दै गण्डकीका मुख्यमन्त्री पाण्डे

पोखरा:   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे शनिबार भारतको नयाँदिल्ली उड्ने भएका छन् ।

 

मुख्यमन्त्री पाण्डेको सचिवालयका अनुसार घुँडाको उपचारका लागि भारतको नयाँदिल्ली जान लागेका हुन् ।

 

पाण्डे लामोसमयदेखि घुँडासम्बन्धी समस्याबाट ग्रसित थिए । मुख्यमन्त्री पाण्डे उपचारपछि ४ दिनमा नेपाल फर्किनेछन् ।

 

पाण्डे भारत जाने भएपछि  कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापालाई दिइएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।


 

वीरगञ्ज:  जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिको बैठकले महामारीको समयमा स्वास्थ्य जनशक्ति अभाव हुन नदिन स्वास्थ्यकर्मीलाई अत्यावश्यक बाहेकका बिदा स्वीकृत नगर्ने निर्णय गरेको छ । निमित्त प्रमुख जिल्ला अधिकारी ...

थप पढ्नुहोस्

कास्की:  पोखरा महानगरपालिका–११ मणिपाल कालिखोलादेखि काँहुको धुरीसम्मको ‘पोखरा ग्रेट ट्रेल’ निर्माण अन्तिम चरणमा पुगेको छ । पोखरा महानगरपालिकाका अनुसार आगामी माघ महिनाभित्रमा यस ...

थप पढ्नुहोस्

काठमाडौं:  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको देखिन्छ । महाशाखाका ...

थप पढ्नुहोस्