गण्डकी सरकारलाई यातायात व्यवसायीको २ दिने अल्टिमेटम
माग पूरा नगरे गाडी घर-ग्यारेजमा थन्काउने चेतावनी
पाेखरा | साउन १०, २०८१
पोखरा: गण्डकी प्रदेश सरकारलाई नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेश समितिले निजी सवारी साधन (रातो प्लेट) लाई यात्रु ओसारपसार गर्न दिनेगरी कार्यविधि बनाउन लागेको भन्दै २ दिने अल्टिमेटम दिएको छ ।
महासंघले पोखरामा पत्रकार सम्मेलनमार्फत आफ्ना मागहरु ४८ घण्टामा पूरा नगरे चरणबद्ध आन्दोलनका कार्यक्रम गर्ने महासंघ गण्डकी प्रदेशका सचिव योगेन्द्र बहादुर केसीले बताए ।
उनले प्रदेश सरकारलाई ७ बुँदे माग राखेको बताउदै तत्काल सरकारले आफुहरुको माग सम्बोधन नगरे यही १३ गतेदेखि आन्दोलमा उत्रने बताए ।
निजी सवारी (दुई तथा चार पाङ्ग्रे) लाई सार्वजनिक सवारी सरह यात्रु ओसारपोसार गर्न बनाउन लागेको कार्यविधीलाई तत्काल खारेज गर्नुपर्ने महासंघको माग छ ।
यस्तै यातायात प्राविधिकरण गठन गरि यातायात सञ्चालनको कार्यविधि तयार गर्न, यातायात मजदुर र व्यवसायीको सुरक्षाको ग्यारेन्टी गर्न, श्रम आयोग गठन, वैज्ञानिक भाडादर समयानुकुल समायोजन गर्न, सडक सुरक्षा योजना लागू गर्नुपर्ने उनीहरुको माग छ ।
आफ्ना मागहरु तत्काल सम्बोधन नभए यही १३ गतेदेखि सवारी साधन घर तथा ग्यारेजमा राखी लामो तथा छोटो दुरीका सवारी साधन सञ्चालन नगर्ने यातायात व्यवसायीको अडान छ ।
पोखरा: पोखरामा जेसी नीति र महिला अधिकार सम्बन्धी अभिमुखीकरण तथा तीज विशेष कार्यक्रम भएको छ।सञ्चारिका समूह गण्डकीको आयोजनामा र असल छिमेकी सहयोग सङ्घ गोनेसाको सहयोगमा बुधबार कार्यक्रम भएको हो। गण्ड...
पोखरा: पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले यही भदौ १० र ११ गते पोखराको लेकसाइडस्थित बाराहीघाटमा ‘तेस्रो तीज सांस्कृतिक महोत्सव–२०८२’ आयोजना गर्ने भएको छ । हरिताल...
पोखरा: उच्च हिमाली क्षेत्रहरुमा घुमघामका लागि पुग्ने पर्यटकहरुलाई खासगरी लेक लाग्ने समस्याबाट कसरी सुरक्षा प्रदान गर्न सकिन्छ भन्ने विषयमा बुधबार पोखरामा छलफल गरिएको छ । पदयात्रा र धार्मिक हिसावले हि...