काभा यू-२० महिला भलिबल: नेपालले आज श्रीलंंकासँग खेल्दै

काठमाडाैं | साउन ३, २०८१

काभा यू-२० महिला भलिबल: नेपालले आज श्रीलंंकासँग खेल्दै Photo: Junu Pun Magar

काठमाडौं:     नेपाली युवा राष्ट्रिय महिला भलिबल टोलीले काभा यू–२० महिला भलिबल च्याम्पियनसिपको पहिलो खेलमा आज (बिहीबार) श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ ।


नेपाल र श्रीलंकाबीचको खेल माल्दिभ्सको माले सिटीस्थित सोसल सेन्टरमा नेपाली समयअनुसार राति १० बजे सुरु हुनेछ । त्यसअघि आयोजक माल्दिभ्सले उपाधिको दावेदार किर्गिस्तानसँग खेल्दैछ ।


उपाधि दावेदार टोलीको रुपमा रहेको नेपाल श्रीलंकालाई पराजित गरी सुखद सुरुवात गर्न चहान्छ । जेनिशा विश्वकर्माको कप्तानीमा उत्रने नेपालसँग घरेलु भलिबलमा प्रभाव जमाउन सफल खेलाडीको साथ रहेको छ ।


टोलीसँग जेनिशासँगै सलिना बुढा मगर, मीना सुनार, निशा महर, निशा चौधरी, एलिसा मानन्धर र लिवेरो एन्जिला प्रधानको साथ रहेको छ । यस्तै टोलीमा भावना तामाङ, आरती चौधरी, अनुषा चौधरी, स्नेहा ठगुन्ना र आशिका क्षेत्री पनि छिन् । यि खेलाडीले निरन्तर सिनियर स्तरको घरेलु भलिबल प्रतियोगिता खेलिरहेका छन् ।


तर, टोलीमा मिडल ब्लकमा समस्या निम्तन सक्नेछ । प्रशिक्षण टोलीले स्पाइकर पोजिसनमा खेलिरहेका निशा चौधरी र एलिसा मानन्धरलाई मिडल ब्लकमा तयार पारिरहेको छ ।


नेपालले महिलातर्फ पहिलोपटक उमेर समूहको भलिबलमा प्रतिस्पर्धा गर्न लागेको हो । यसअघि पुरुषको यु–२३ टोलीले बंगलादेशमा प्रतिस्पर्धा गरेको हो ।


नेपालले दोस्रो खेलमा शुक्रबार किर्गिस्तान र राउन्ड रोविन लिगको अन्तिम खेलमा शनिबार माल्दिभ्ससँग खेल्नेछ । राउन्ड रोविन लिगपछि लिगको शीर्ष र चौथो हुने टोली तथा लिगको दोस्रो र तेस्रो हुने टोलीबीच सेमिफाइनल खेल हुनेछ ।


सेमिफाइनलको विजेताले फाइनल खेल्नेछ । सेमिफाइनलमा पराजित टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछ ।


आइतबार कुनै खेल हुनेछैन । सोमबार सेमिफाइनलका दुई खेल हुनेछ । मंगलबार फाइनलसँगै तेस्रो स्थानको लागि प्रतिस्पर्धा हुनेछ ।


काभा यू–२० महिला भलिबल च्याम्पियनसिप १८ देखि २३ जुलाईसम्म माल्दिभ्सको मालेमा हुनेछ । च्याम्पियनसिपमा आयोजक माल्दिभ्स र नेपालसहित चार राष्ट्र किर्गिस्तान र श्रीलंकाको सहभागिता रहेको छ ।


यू–२० महिला टोलीः  

 

जेनिशा विश्वकर्मा (कप्तान), सलिना बुढा मगर, एलिसा मानन्धर, निशा महर, भावना तामाङ, एन्जिला प्रधान, निशा चौधरी, आरती चौधरी, मिना सुनार, अनुषा चौधरी, स्नेहा ठगुन्ना र आशिका क्षेत्री

 

मुख्य प्रशिक्षक – कुमार राई, सहायक प्रशिक्षक – अर्जुन घिमिरे, टिम व्यवस्थापक – जुनु पुनमगर

पोखरा:   गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व ईद–उल–अज्हा (बकर इद)–२०८२ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।   आज एक शुभकामना सन्दे...

थप पढ्नुहोस्

काठमाडौं: सरकारले भोलि (शनिवार)  इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद–उल–अजहा) का दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।  सरकारले पर्वको शुभकामना सहित बिदा दिने निर्णय गरेको...

थप पढ्नुहोस्

पोखरा: पोखरा महानगरपालिका १ मोहरिया टोलस्थित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा शुक्रबारीय कार्यक्रम अन्तर्गत अंग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न भएको छ ।    अंग्रेजी हिज्जे प्रतियोगितामा आधारभुत तहमा...

थप पढ्नुहोस्