नयाँगाउँमा खुला रक्तदान कार्यक्रम गर्दै युनाइटेड किङ्स क्लब

पाेखरा | असार ३१, २०८१

नयाँगाउँमा खुला रक्तदान कार्यक्रम गर्दै युनाइटेड किङ्स क्लब

पोखरा:  सामाजिक क्षेत्रमा क्रियाशिल युनाइटेड किङ्स क्लबले आगामी शनिबार बृहत खुला रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।

 

‘रक्तदान हो जिवनदान, यही हो ठुलो पुण्य काम, हामीले दिएको रगत नै हुन्छ कसैलाई जिवनदान’ भन्ने नारासहित विपद्को समयलाई  मध्यनजर गर्दै रक्तदानको आयोजना गर्न लागेको हो ।

 

यही साउन ५ गते शनिबार पोखरा १५ नयाँगाउँस्थित फ्रन्कलिंक एजुकेसन कन्सल्टेन्सीको प्राङ्गणमा रक्तदानको आयोजना गरिने क्लबका सचिव अशोक थापाले जानकारी दिए ।

 

उनका अनुसार कार्याक्रम बिहान ७ बजेदेखि सुरु हुनेछ । 

 

प्राकृतिक प्रकोप तथा विपद्को समय भएकाले रक्तदानको आयोजना गरिएको सचिव थापाले  बताए ।  

 

उक्त कार्यक्रममा रेडक्रस सोसाइटीको प्राविधिक सहयोग रहनेछ ।
 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्