सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङद्वारा पदभार ग्रहण

काठमाडाैं | असार ३१, २०८१

सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङद्वारा पदभार ग्रहण

काठमाडौं:     सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले पदभार ग्रहण गर्नुभएको छ । सोमबार बिहान सञ्चारमन्त्रीको रुपमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिनुभएका उहाँले दिउँसो मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्नुभएको हो ।


नेकपा (एमाले) का नेता पृथ्वी सुब्बा गुरुङ प्रतिनिधि सभा सदस्यतर्फ लमजुङबाट विजयी सांसद हुनुहुन्छ ।  


उहाँले वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार देवप्रसाद गुरुङलाई हराउँदै विजयी हुनुभएको थियो । 


गुरुङले ३४ हजार ९८५ मत ल्याउनुहुँदा उहाँका प्रतिद्वन्द्वी गुरुङले ३१ हजार ७९१ मत ल्याउनुभएको थियो । उहाँ तीन हजार १९४ फराकिलो मतान्तरले विजयी हुनुभएको थियो ।


एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङले तीन हजार १ सय ८८ मतको फराकिलो मतान्तरले देवप्रसाद गुरुङलाई हराउनुभएको हो । 


उहाँ गण्डकी प्रदेशको पहिलो मुख्यमन्त्री हुनुहुन्छ ।  उहाँको जन्म २०१४ साल फागुन २ गते भएको हो। विद्यार्थी जीवनकालदेखि राजनीतिमा प्रवेश गर्नुभएका गुरुङ (२०३७–२०३८) सालमा भएको नेपाल राष्ट्रिय शिक्षक संगठनको आन्दोलनमा दुई पटक हिरासतमा पर्नुभयो ।


२०३८ सालमा एमाले इलाका पार्टी संगठन कमिटीको तर्फबाट ज्याला वृद्धिका लागि किसान आन्दोलन, २०४५ सालमा नेकपा ९माले० द्वारा सञ्चालित पञ्चायत विरोधी संघर्ष, २०४७ सालमा भएको माले र नेपाली कांग्रेसको संयुक्त बहुदल प्रचार समितिको संयोजकका रुपमा आन्दोलनको नेतृत्व गर्नुभएको छ । 

गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् ।   २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...

थप पढ्नुहोस्

पोखरा ।    ओझेलमा परेको पातिखोला गुफाको प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको आयोजना हुने भएको छ ।   पातिखोला गुफा संरक्षण समितिको...

थप पढ्नुहोस्

पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुक पर्यटन व्यवस्थापन समितिको अध्यक्षमा विक्रम गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । घान्द्रुकमा सोमबार भएको घान्द्रुक पर्यटन व्यवस्थापन समिति घान्द्रु...

थप पढ्नुहोस्