गल्ती गर्ने कोही बच्नु हुँदैन, मेरो बारेमा पनि अनुसन्धान गर्नुस्: गृहमन्त्री लामिछाने
काठमाडाैं | असार ३०, २०८१

काठमाडौं: उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो विषयमा विवादमा आएका कुराहरुको अध्ययन अनुसन्धान अघि बढाउन नेपाल प्रहरीसँग आग्रह गरेका छन्।
गृह मन्त्रालयमा आइतबार पत्रकार सम्मेलन गरी उनले आफ्नो बारेमा पनि धेरै प्रश्नहरु उठेको भन्दै मन्त्री भएकाले कुनै प्रभाव परेको भए आजबाट अनुसन्धान र अध्ययन प्रक्रिया अघि बढाउन सकिने बताए।
आफूले सरुवा र बढुवा कुनै व्यक्ति विशेषलाई हेरेर नगरेको उनले बताए। आफूले नेपाल प्रहरीमा कुनै पनि विधि मिच्ने काम नगरेको दाबी उनको छ।
‘सरुवा, बढुवाका कुराहरु छन्। सरुवा र बढुवामा कुनै व्यक्ति विशेषलाई हेरेर मैले गरेको छैन। विधि मिच्ने काम गरेका छैनौँ, बाँकी रह्यो मेरो कुरा। विषय त मेरो बारेमा पनि धेरै कुरा उठेका छन्। उठ्छ, हिजो पनि उठेका हुन्,’ उनले भने, ‘मैले आजसम्म यहाँहरु सबै यहीँ साक्षी हुनुहुन्छ, आफ्ना विषयमा यो गर्नुहोस्, त्यो गर्नुहोस्, भनेको छैन, निर्देशन दिएको छैन। तर पनि मन्त्री भएका कारणले केही अफ्ठ्यारो परेको रहेछ भने आजैबाट मेरा विषयमा गहन अध्ययन, गहन अनुसन्धान गर्नुस्। गल्ती गरेको जो कोही होस्, त्यो बच्नु हुँदैन, बचाउनु हुँदैन।’
उनले कयौँ विषयहरु भगबण्डामा टुंगिने गरेको भन्दै एउटा बिन्दुमा आएर देशलाई भागबण्डाबाट निकाल्नुपर्ने बताए। दुई ठूला राजनीतिक दलहरू एक ठाउँमा उभिएर सरकार बनाउनु चुनौतिपूर्ण कुरा भएको उनले बताए।
काठमाडौं: नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले पदबहाली गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रपति कार्यालय शीतल निवासमा शपथग्रहण गरेसँगै उनले पद बहाली गरेका हुन् । अर्याललाई गृह ...
काठमाडौं: नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले कार्यभार सम्हालेका छन् । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ ग्रहण गरेपछि उनले पदबहाली गरेका हुन् । उनीनेपाल विद्युत् प्राधिकरणको पूर्व कार्यकारी प्रमुख हु...
काठमाडौं: वेस्ट इन्डिजसँगको टी–२० आई सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) नेपाली टोली घोषणा गरेको छ। क्यानले सोमबार रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको छ। ...