लायन्स क्लबको आयोजनामा सहिद पार्कमा वृक्षारोपण

पाेखरा | असार ३०, २०८१

लायन्स क्लबको आयोजनामा सहिद पार्कमा वृक्षारोपण

पोखरा:    लायन्स क्लब अन्तर्राष्ट्रिय, डिस्ट्रिक्ट ३२५ एम, ट्री प्लान्टेसन डिपार्टमेन्टको आयोजनामा बृहत वृक्षारोपण तथा गोडमेल कार्यक्रम राष्ट्रिय बिभुति तथा सहिद पार्क, पोखरा १८ जामुनवोटमा सम्पन्न भएको छ । 


डिस्ट्रिक्ट ३२५ एम, जि.एस.टी. को अर्डिनेटर एम जे एफ लायन जगन्नाथ तिमिल्सिनाको संयोजकत्वमा, ट्री प्लान्टेसन डिपार्टमेन्टको सेक्रेटरी लायन नवराज अधिकारीको अध्यक्षातामा ३६ क्लबहरुको संयुक्त समन्वयमा सम्पन्न कार्यक्रम डिस्ट्रिक्ट ३२५ एम का डिस्ट्रिक गभर्नर लायन चण्डी प्रसाद अर्यालको प्रमुख आतित्थतामा सम्पन्न भएको हो ।


कार्यक्रममा २ ट्रक प्राङ्गारिक मल, २० बोरा जुतो र कुखुराको मल बिरुवामा राखी वृक्षारोपण तथा गोडमेल गर्नुको साथै राष्ट्रिय बिभुति तथा शहिद पार्कमा सरसफाई प्रयोजनार्थ झारपात काट्ने कृषि औजार राष्ट्रिय बिभुति तथा सहिद पार्क व्यवस्थापन समितिका अध्यक्ष श्री भरत बहादुर थापालाइ हस्तान्तरण गरीएको ट्री प्लान्टेसन डिपार्टमेन्टको अफिसर लायन राम प्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।


लायन्स क्लबले एभोकार्ड़ो ३० वटा, बेलाउती  ३० वटा, धुपी ४० वटा,  फूलहरुका विरुवा ३० र अन्य विरुवा २० गरी १५० विरुवा आज सारेको हो भने पार्क व्यवस्थापन समितिको माग वमोजिम अन्य थप बिरुवा उपलब्ध गराउने भएको हो ।


कार्यक्रममा फर्स्ट भि. डी. जी.एम जे एफ लायन धनीराम बराल, डिस्ट्रिक क्याविनेट सेक्रेटरी एम जे एफ लायन शिवराज आचार्य, डिस्ट्रिक क्याविनेट ट्रेजरर एम जे एफ लायन शम्भुराज वास्तोला, पि.आर ओ इन चिफ लायन डोलराज पोखरेल, न्यु भ्याईस इनएटिएभिव चिफ लायन पुस्पा आचार्य, को चिफ एडभाइजर लायन दामु अधिकारी, रामचन्द्र पोखरेल, उमानाथ बराल, तारा गिरि, चिफ अफ काउन्सिलर गण्डकी दिनबन्धु पोखरेल, जि।एस।टि। डिस्ट्रिक कोअर्डिनेटर जगन्नाथ तिमिल्सिना, पढाउ अभियान चिफ बिष्णु बराल, रास्ट्रीय बिभुति तथा सहिद पार्क समितिका अध्यक्ष भरत बहादुर थापा, भृकुटी आमा समुह ग्यारजती को अध्यक्ष मनु भण्डारी लगाएत विभागीय प्रमुख, रिजन र जोन चियर पर्सन, क्लवका पदाधिकारीहरुको उलेख्य संख्यामा उपस्थिति रहेको थियो, कार्यक्रममा विभिन्न क्लबहरुको तर्फबाट २७० भन्दा बढी लायन तथा लियो लिडरहरुको उपस्थिति रहेको थियो ्र 


कार्यक्रमको स्थानीय संयोजन लायन्स क्लब अफ पोखरा लेकसाइड र लायन्स क्लव अफ पोखरा डेस्टिनेशनले गरेको थियो, भने कार्यक्रमको संचालन ट्री प्लान्टेसन डिपार्टमेन्ट अफिसर लायन सन्तोष शर्मा तिमिल्सिनाले गर्नु भएको थियो । 
 

पोखरा: नेपाल परिवार नियोजन संघ कास्की शाखाले शुक्रबार पोखरा महानगरपालिका वडा नं २ स्थित विन्ध्यवासिनी माविमा यौन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान संचालन गरेको छ । संघले किशोर किशोरी तथा युवालाई लक्षित...

थप पढ्नुहोस्

लमजुङ:  लमजुङमा जिपको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ ।  क्व्होलासोथार गाउँपालिका– ३ घलेगाउँबाट बेँसीसहर आउँदै गरेको ग१ज ६३०६ नम्बरको बोलेरो जिपले ठक्कर दिँदा सोही पालिका&...

थप पढ्नुहोस्

काभ्रपेलाञ्चोक:  सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) आफ्नै मुद्रण मेसिनबाट छाप्न सुरु गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सुरक्षण मुद्रण केन्द्रले आजदेखि लाइसेन्स छाप्न सुरु गरेको हो । ...

थप पढ्नुहोस्