पोखरा १७ को वडा कार्यालयले एक आर्थिक वर्षमा ग¥यो साढे ५ करोड बढी राजस्व संकलन

पाेखरा | असार २६, २०८१

पोखरा १७ को वडा कार्यालयले एक आर्थिक वर्षमा ग¥यो साढे ५ करोड बढी राजस्व संकलन

पोखरा:    पोखरा महानगरपालिका–१७ ले चालु आर्थिक वर्षमा ८४ प्रतिशत पुजिँगत खर्च गरेको छ । भने चालुतर्फ ८८ प्रतिशत बजेट खर्च गरेको छ ।


चालु आवका लागि वडाले ४ करोड ८ लाखको बजेट कार्यान्वयन गरेकोमा पुजिगततर्फ २ करोड ७७ लाख बजेटमा २ करोड ३२ लाख  र चालु तर्फ १ करोड ८ लाख बजेट बिनियोजन गरेकोमा ८५ लाख ५० हजार खर्च भएको वडा सचिव प्रमिला सुवेदीले जानकारी दिइन् । वडाले सबैभन्दा धेरै रकम पूर्वाधार निर्माणमा खर्च गरेको छ ।


यसैगरी वडाले ५ करोड ६४ लाख राजश्व संकलन गरेको छ । भूमि तथा मालपोत करबाट सबैभन्दा धेरै १ करोड १४  र व्यवसाय दर्ता तथा नविकरणबाट ६० लाख २० हजार राजश्व संकलन भएको सचिव सुवेदीले जानकारी दिइन् ।


वडा कार्यालयको आयोजना र पब्लिक फोरके टेलिभिजनको सहकार्यमा भएको पब्लिक सरोकार कार्यक्रममा  वडासचिव सुवेदीले चालु आर्थिक वर्षको प्रगति विवरण पेश गरेकी थिइन् ।


कार्यक्रममा सहभागी वडावासीले फेवा नहर र  विधुत नहरमा छेकबार, फोहोर संकलनलाई नियमित र प्रभावकारी बनाईनुपर्ने, खानेपानीको अभाव रहेको र फेवा ताल सरसफाइ   लगायतका विषयमा जिज्ञासा राखेका थिए । 


बिजुलीको नाङगो तार विस्थापन गर्न, सोलार बत्ती मर्मत, युवा लक्षित कार्यक्रमलाई बजेटमा समावेश गर्न उनीहरुले माग गरे । स्थानीय अनन्त लम्सालले वडामा खानेपानीको समस्या सभाधान गर्न जनप्रतिनिधिको ध्यानाकर्षण गराए । उनले बर्षातमा आउने बाढी नियन्त्रण र ढलको दिर्घकालिन समाधन गर्नुपर्नेमा जोड दिए ।


युवा व्यवसायी इश्वर केसीले सार्वजनिक स्थानमा सिसिक्यामेरा जडान र जडान भएका क्यामेरालाई चुस्त राख्ननुपर्ने बताए । डिआर भट्टराईले वडामा  भौतिक पूर्वाधार मात्र प्राथमिकतामा परेको भन्दै जेष्ठ नागरिक र बालबालिका खेल्ने बगैँचा, पार्क र हरियाली प्रवद्र्धनका कार्यक्रममा ध्यान दिन आग्रह गरे । शान्ती लिम्बुले मतगौँडा जग्गाको हालसावी नहुदाँ स्थानीय समस्यामा परेको भन्दै हालसावीका लागि आग्रह गरिन् । सहभागीले विकासको प्राथमिकता पहिचान गरी गुणस्तरीय र पारदर्शी रुपमा बजेट खर्च गर्न साथै वडाबाट दिइने सेवालाई चुस्तदुरुस्त बनाउन सुझाव दिए ।


सहभागीका प्रश्नको जवाफ दिदै वडाध्यक्ष राधिका शाही योगीले वडाको आवश्यकता र जनताको माग अनुसार नै वडाले काम गदै आएको बताइन् । फेवा नहर र विधुत नहरमा बालबालिका डुबेर मुत्यु हने गरेकाले सिंचाई कार्यालय र विधुत प्राधिकरणसंग मिलेर नहरलाई छेकबार गर्ने उनले प्रतिवद्धता व्यक्त गरिन् ।


अहिले भएको स्थानमा वडा कार्यालय साधुरो भएकाले ६ महिनाभित्र नयाँ भवनमा वडा कार्यालय स्थान्तरण गरी सेवाग्राही मैत्री कार्यालय बनाइने बताइन् ।


कार्यक्रममा उठेका जिज्ञासाको जनप्रतिनिधि, सचिव, प्राविधक कर्मचारीले जवाफ दिएका थिए । कार्यक्रमको सहजिकरण पब्लिक फोरके टेलिभिजनका प्रस्तोता अमृत कुमार भट्टराइले गरेका थिए ।

काठमाडौं:  तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ। कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्र...

थप पढ्नुहोस्

–शिवहरि सुवेदी केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपाल ईन्चार्ज , राष्ट्रिय युवा संघ जिल्ला कमिटी, कास्की   नेपाल आज पुन: एक निर्णायक युगमा छ । जहाँ पुरानो राजनीतिक ढाँचा, भू–राजनी...

थप पढ्नुहोस्

काठमाडौं:  आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिए...

थप पढ्नुहोस्