कास्कीमा वर्षाको प्रभाव: सय बढी परिवार विस्थापित

पाेखरा | असार २३, २०८१

कास्कीमा वर्षाको प्रभाव: सय बढी परिवार विस्थापित

पोखरा:     केही दिन यता देशभर भारी वर्षा भइरहेको छ ।

 

भारी वर्षाका कारण नदी, खोलामा पानीको बहाव बढ्दा तटीय क्षेत्रमा बाढी तथा पहिरोको जोखिम बढेको छ । 

 

यसैबिच पोखराको मध्यभाग भएर बग्ने सेती नदीमा पानीको बहाव बढ्दा केही परिवार आंशिक रुपमा विस्थापित भएका छन् । 

 

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापाले पोखरामा वर्षाका कारण १ सय बढी परिवार आंशिक रुपमा विस्थापित भएको जानकारी दिए ।  

 

‘कास्कीमा पनि बाढी पहिरोको जोखिम उत्तिकै छ, एसपी थापाले सुनगाभा न्यूजसँग भने,‘डुबान र बस्तीमा पानी पसेपछि अहिलेसम्म करिब १ सय भन्दा बढी घरपरिवार विस्थापित भएका छन् । आंशिक रुपमा विस्थापित भएका हुन् पूर्ण रुपमा होइन ।’

 

प्रहरी उपरीक्षक थापाका अनुसार वर्षाका कारण सेती नदीमा पानीको बहाव बढ्दा पोखरा–३३ पशुपतिस्थित सुकुम्बासी टोलमा रहेका करिब २७ घर जोखिममा परेपछि आफन्तमा आश्रय लिएका छन् । 


 

यो पनि पढ्नुहोस

 

यस्तै पोखरा महानगरपालिका–१४ गोष्टी टोलस्थित सेती नदीको किनारमा बसोबास गर्ने २३ परिवारलाई टोल विकास संस्थाको भवनमा राखिएको छ । भने पोखरा १३ कमलपोखरी क्षेत्रपनि डुबानमा परेको छ । 

 

जिल्ला प्रशासन कार्यालय कास्कीले जल तथा मौसम विभागको मौसम पूर्वानुमान बमोजिम अझै केही दिन भारी तथा मध्यम वर्षा हुने अनुमान रहेकाले नदी तथा खोलाका तटीय क्षेत्रमा सावधानी अपनाउनसमेत आग्रह गरेको छ । 

 

जिल्ला भित्र कतै विपद् जन्य घटना भए स्थानीय तह, जनप्रतिनिधि, सुरक्षाकर्मीहरुलाई तुरुन्त खवर गर्न समेत कास्की प्रशासनले अनुरोध गरेको छ । 
 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।   छैटौँ तहका इन्जिनियर खड्काले पुलको...

थप पढ्नुहोस्

पोखरा ।   युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ ।   भगवती युवा ...

थप पढ्नुहोस्

फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ।  अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

थप पढ्नुहोस्