दशौं राष्ट्रिय खेलकुदको लागि गण्डकीबाट पुरुष र महिलातर्फ ८/८ खेलाडी छनौट

पाेखरा | असार २३, २०८१

दशौं राष्ट्रिय खेलकुदको लागि गण्डकीबाट पुरुष र महिलातर्फ ८/८ खेलाडी छनौट

पोखरा:    नेपालका शीर्ष वरियता प्राप्त प्रदीप खड्का र नेहाल जङ्गबहादुर थापा पोखरामा सम्पन्न दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत गण्डकी प्रदेश स्तरीय प्रारम्भिक चरणको टेनिस छनोट प्रतियोगितामा उपविजेता हुँदै छनौंट चरणका लागि छानिएका छन् । 


खराब मौसमका कारण फाइनल खेल सम्भव नभएपछि आइटीएफ नियम अनुसार दुवैलाई विजेता घोषणा गरिएको हो । उनीहरुलाई नगद २२ हजार ५ सय सहित मेडलले पुरस्कृत गरियो । तेश्रो स्थान हाँसिल गरेका शास्वत बज्रचार्य र अनिल साइले जनही नगद रु ३ हजार ७ सय ५० का साथमा मेडल र प्रमाणपत्र प्राप्त गरे ।


सेमिफाइनल खेलमा नेहालले अनिल शाहीलाई ६–३,६–१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् । यसअघि प्रदिपले शाश्वत बज्राचार्यलाई ६–१, ६–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएका थिए ।


यता महिला सिंगल्सतर्फ प्रिती बराल पहिलो भइन् । उनले नगद रु १५ हजार प्राप्त गरिन् । त्यस्तै आरुषी शेरचन दोस्रो भई नगद ७ हजार ५ सय तथा आहना शेरचन र ग्रिष्मा गुरुङ तेस्रो स्थान प्राप्त गर्दै जनही नगद रु ३ हजार ७ सय ५० का साथमा मेडल तथा प्रमाणपत्र हात पारेका छन् ।


यता पुरुष डबल्सतर्फ प्रदिप खडका र अनिल साईको जोडी पहिलो भएको छ । उनीहरुले निहाल जङ्ग बहादुर थापा र दर्शिल श्रेष्ठको जोडीलाई पराजित गरेका थिए । प्रदिपले र अनिलको जोडीले नगद रु २० हजार तथा उपविजेता बनेको निहाल र दर्शिलले नगद रु १० हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गरे ।


प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना, गण्डकी प्रदेश टेनिस संघको व्यवस्थापन तथा कास्की जिल्ला टेनिस संघको प्राविधिक सहयोगमा भएको प्रतियोगिताबाट पुरुषतर्फ प्रदिप, नेहाल, अनिल, शाश्वत, दर्शिल, विवेक गर्बुजा, निर्मल मगर र श्रृजन भट्टराई दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको छनौंट खेल्न गण्डकीबाट छानिएका छन् । महिलातर्फ प्रिति बराल, आरुषी तुलाचन, गृष्मा गुरुङ, आहना शेरचन, सरिसा शेरचन, जोया गुरुङ, एन्जिला गुरुङ, सुप्रिया गुरुङ उक्त प्रतियोगिताका लागि छनौट भए ।


प्रतियोगितामा महिलातर्फ ८ र पुरुषतर्फ १६ गरी २४ खेलाडीहरुको सहभागिता रहेको थियो ।

पोखरा:  नेपाली समाज अनि संस्कृतिको बारेमा गहन अध्ययन गरेका वेलायतका प्राध्यापक डेविड गेल्नरले शुक्रबार पोखरामा यसबारे चर्चा गरेका छन् ।  अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक गेल्नरले नेपाली दलित सम...

थप पढ्नुहोस्

काठमाडौं:   सरकारले आगामी आर्थिक वर्षदेखि नियुक्त हुने सरकारी कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्ने भएको छ । पेन्सन वा उपदानको सट्टा उक्त प्रणाली लागू गर्न लागिएको अर्थ मन्त्रालयले ज...

थप पढ्नुहोस्

पोखरा: देशभरका सुनचाँदी व्यवसायीहरुले एकसातादेखि पसलमा ताला लगाएर सुनचाँदीमा लगाएको ‘विलासी कर’ को खारेजी माग राखेर विरोध गरिरहेका छन् ।  नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र स...

थप पढ्नुहोस्