काभ्रेमा खोलाले बगाउँदा २ जनाको मृत्यु

काभ्रेपलाञ्चोक | असार २२, २०८१

काभ्रेमा खोलाले बगाउँदा २ जनाको मृत्यु सांकेतिक तस्वीर

काभ्रे:    काभ्रेमा खोलाले बगाउँदा २ जनाको मृत्यु भएको छ । खोला तर्ने क्रममा बगाउँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।


काभ्रेको स्थानीय भ्याकुरे खोला तर्ने क्रममा एक वृद्धा र एक बालिकालाई खोलाले बगाएको थियो । रोशी गाउँपालिका ११ स्थित भ्याकुरे खोला तर्ने क्रममा बगाएर सोही स्थान बस्ने ६५ वर्षीया जालमाया रुजालमगर र उनकी भदैनी ५ वर्षीया सेतीमाया रुजालमगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।


साँझ ७ बजेको समयमा खोला तर्ने क्रममा उनीहरुलाई बगाएर ९०० मिटर तल पुर्याएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए ।

काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मृत्यु भइसकेका १४ व्यक्तिको नाममा सामाजिक सुरक्षा भत्ता लिएको आरोपमा तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूले सरकारी कागजात सच्याएको तथा सार्वजनि...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी एकतामा प्रतिकुल असर पर्ने कुनै पनि गतिविधि नगर्न अपिल गरेका छन् । भृकुटीमण्डपमा पार्टीको विशेष महाधिवेशन चलिरहँदा खड्काले विज्ञप्ति ज...

थप पढ्नुहोस्

कास्की:    धौलागिरी, माछापुच्छ्रे र अन्नपूर्ण हिमालको सिरेटो र होमस्टे सञ्चालकले फूल, अबिर र मालाले स्वागत गर्छन् । अनि अर्गानिक खाजा र चिया पाहुनालाई टकार्छन् ।    उत्तरतिर लस्करै ...

थप पढ्नुहोस्