पोखरामा आफू चढेको बसले ठक्कर दिँदा एकजनाको मृत्यु
पाेखरा | असार २२, २०८१
पोखरा: पोखरामा आज दिउँसो बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
पोखरा १८ ग्यारजातीस्थित बिन्ध्यवासिनीचोकबाट सराकोटतर्फ जाँदै गरेको ग १ ख ४१५६ नम्बरको बसले ठक्कर दिँदा ७२ वर्षीय ललिता थापाको मृत्यु भएको हो ।
सोही बसमा सवार थापा ओर्लिएर हिड्ने क्रममा बसले ठक्कर दिँदा गम्भिर घाइते भएकी थिईन् । बसको ठक्करबाट गम्भिर घाइते भएकी थापाको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सहारा क्लब अष्ट्रेलियाका अध्यक्ष सिद्धार्थ पौडेलले आर्थिक सहयोग गरेका छन् । व्...
पोखरा: नेकपा एमाले कास्की क्षेत्र नम्बर २ का प्रतिनिधि सभा उम्मेदवार रश्मि आचार्यले भूमिहिन र सुकुम्बासीको समस्या समाधानलाई आफ्नो मुख्य प्राथमिकता भएको बताएका छन् । उनले आफू निर्वाचित भए...
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुकमा घान्द्रुक पर्यटन महोत्सव सुरु भएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समिति र रोधीं क्लब कोँड (घान्द्रुक)को संयुक्त आयोजनामा ब...

