गुगलले अब नेवारी भाषा पनि उल्था गर्ने
काठमाडाैं | असार १४, २०८१
काठमाडौं: सर्च इन्जिन गुगलले नेपाल भाषा (नेवारी)मा पनि उल्था गर्ने भएको छ ।
अंग्रेजी, नेपाली, हिन्दीसहित पहिले १३३ वटा भाषामा उल्था गर्ने गुगलले अरु ११० वटा भाषा थप्दा नेवारी भाषा पनि परेको हो ।
यससँगै कूल १४३ वटा भाषामा उल्था गर्ने सुविधा प्रदान गरेको गुगलले ब्लग पोष्टमार्फत् जानकारी दिएको छ । आफ्नो यो अपडेटले अनुवाद सेवालाई अधिक समावेशी र सुलभ बनाएको गुगलले दाबी गरेको छ ।
सुरुमा गुगलले अंग्रेजी, चाइनिज, फ्रेन्च, जर्मन, जापनिज, कोरियन, पोर्चुगिज, स्पेनिस र टर्किस भाषामा उल्था गर्न थालेको थियो । २०७० सालदेखि नेपाली भाषा पनि थपिएको थियो ।
ट्रान्सलेट डट गुगल डट कममा गएर आफूलाई ट्रान्सलेट गर्नुपर्ने भाषाको प्याराग्राफ वायाँतिरको कोठामा राखेपछि दायाँ तिरको कोठामा अनुवादसहित देखाइदिन्छ ।
नयाँ थपिएका भाषाहरुमध्ये एक चौथाइ अफ्रिकी मुलुकमा बोलिने भाषाहरु छन् । त्यसमध्य क्याटोनिज पनि एक हो, जसलाई लामो समयदेखि अधिक व्यक्तिहरुले अनुवाद सुविधामा समावेश गर्न अनुरोध गरेका थिए । ठूलो चुनौति र अप्ठ्याराहरु झेलेर क्याटोनिजलाई पनि समावेश गरेको ब्लगमा उल्लेख छ ।
इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...
निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् । निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । ...

