राजेश स्मृति कपमा पोखरा च्याम्पियन, अरुण बने सर्वाेत्कृष्ट
पाेखरा | असार १३, २०८१

बुटवल: राजेश स्मृति फाउण्डेशन कापिलवस्तुको आयोजनामा बुटवलमा सम्पन्न पहिलो संस्करणको फुटसल प्रतियोगितामा पोखरा च्याम्पियन बनेको छ ।
अन्तर्राष्ट्रिय लागुपदार्थ तथा अवैध लागुऔषध ओसारपसार विरुद्ध दिवसको अवसर आयोजित प्रतियोगिताको फाइनलमा चितवनलाई ५–० को फराकिलो गोल अन्तरले हराउँदै पोखरा फेलोशिप च्याम्पियन बनेको हो ।
च्याम्पियन बनेको पोखराले उपाधिसहित नगद ४० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे ।
यस्तै उपविजेता बनेको चितवनले नगद रु २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्याे ।
सो प्रतियोगिताबाट पोखराका अरुण गुरुङ सर्वाेत्कृष्ट, सोही टिमकै सुविन गुरुङ उत्कृष्ट गोलरक्षक र पोखराकै कुशल परियार सर्वाधिक गोलकर्ताका रुपमा पुरस्कृत भएका थिए ।
बुटवलस्थित लुम्बिनी फुटसलमा भएको प्रतियोगितामा रुपन्देही, कास्की, चितवनका गरी कुल १४ टोलीहरुले सहभागिता जनाएको थियो ।
पोखरा: इन्टरसिटी एडभेन्चर ट्राभल्स एण्ड टूर प्रालिले पोखराको छोरेपाटनबाट काठमाडौंसम्म अत्याधुनिक लग्जरी बस सेवा सुरु गरेको छ। पृथ्वी राजमार्ग बस व्यवसाय समितिका अध्यक्ष योगेन्द्र केसीले रिबन काटेर ...
कञ्चनपुर: गएराति देखिको अविरल वर्षाले डुबानमा पार्दा कृष्णपुर नगरपालिका–५ पवित्राबस्तीका आरती विकको चार जनाको परिवारलाई प्रहरीले सुरक्षित स्थानमा सारेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्...
कैलाली: गए रातिदेखिको अविरल वर्षा कारण धनगढी बजारलगायत आसपासका विभिन्न क्षेत्र आज जलमग्न भएका छन् । मुख्यगरी धनगढीको विशालनगर, मिलनचोक, शिवनगर, हसनपुर, क्याम्पस रोड, मालिका टोल, कृष्णनगर, प...