युवालाई नेतृत्व तहमा पुर्‍याउन नमुना युवा संसद अभ्यास कार्यक्रम प्रभावकारी: मन्त्री थापा

पाेखरा | असार १३, २०८१

युवालाई नेतृत्व तहमा पुर्‍याउन नमुना युवा संसद अभ्यास कार्यक्रम प्रभावकारी:  मन्त्री थापा

पोखरा:    गण्डकी प्रदेश सरकारका सामाजिक तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले युवालाई नेतृत्व तहमा पु¥याउन नमुना युवा संसद अभ्यास कार्यक्रम प्रभावकारी भएको बताएका छन् । 


मन्त्रालयकै आयोजनामा विहिबार देखि सुरु भएको उक्त कार्यक्रमको उदघाटन गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री थापाले कार्यक्रमबाट युवाको क्षमता अभिवृद्धिमा समेत टेवा पुग्ने विश्वास लिएका छन् । संसद अभ्यास सँगै नेतृत्व विकास सम्बन्धि सिकाईले सामाजिक रुपान्तरणमा युवाको भूमिकालाई मजबुत बनाउने उनले उल्लेख गरे । 


“युवा भविष्यका कर्णदार हुन् । युवा बिना देश विकास सम्भव छैन् । युवालाई नेतृत्व तहमा पु¥याउन र क्षमता अभिवृद्धि गर्न प्रदेश नमूना युवा संसद अभ्यास कार्यक्रम प्रभावकारी देखिन्छ । आशा छ, मन्त्रालयले आजबाट चार दिनसम्म आयोजना गरेको उक्त कार्यक्रमबाट सहभागी सबै भाईबहिनीहरु लाभान्वित हुनुहुनेछ । सामाजिक रुपान्तरणमा यहाँहरुको भूमिका अब्बल रहनेछ, सबैलाई शुभकामना ।”, उनले भने । 


मन्त्रालयका सचिव प्रकाश पौडेलले नेतृत्वको अवसर सिर्जना गर्न, विकास गर्न र क्षमतामा अब्बल बनाउन नमुना युवा संसद अभ्यास प्रभावकारी रहेको उल्लेख गरे । उनले नमुनाका रुपमा उत्पादित जनशक्तिलाई नमुनाकै रुपमा विभिन्न तहमा ल्याउने प्रयास अन्तर्गत नै कार्यक्रमको आयोजना गरिएको बताए । कार्यक्रम संयोजक एवम् मन्त्रालयका युवा तथा खेलकुद महाशाखाका उपसचिव प्रकाश देवकोटाले कार्यक्रमको उद्देश्यका विषयमा प्रकाश पारेका थिए । 


चार दिनको कार्यक्रमको प्रशिक्षकका रुपमा राष्ट्रिय युवा परिषदका अभिनास कार्की, विवेक त्रिपाठी र जिल्ला युवा परिषद कास्कीका विवेक देवकोटा प्रशिक्षकका रुपमा रहनेछन् । कार्यक्रमको समापनमा प्रदेश सरकारका सभामुख, मन्त्री र सांसदको उपस्थितिमा सहभागी युवाहरुले नमुना संसदको अभ्यास गर्नेछन् । कार्यक्रममा प्रदेशका विभिन्न जिल्लाका ३० जना युवाहरुको सहभागिता छ ।
 

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र अझैपनि ढुक्क भएर लगानी गर्नसक्ने अवस्थामा नरहेको प्रष्ट पार्नुभएको छ ।  बुधवार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गर...

थप पढ्नुहोस्

अन्र्तराष्ट्रिय:  नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार विश्वले २०२५ लाई बिदाइ दियो । सन् २०२५ डोनाल्ड ट्रम्पको पुनः राष्ट्रपतित्व, गाजामा युद्धविराम र युक्रेनमा शान्तिका व्यर्थ प्रयासको वर्षको रूपमा चिनिन्थ्यो । यो ...

थप पढ्नुहोस्