फेवाफाँटमा रोपाई महोत्सव: हिले भलिबलसँगै गोरु दौडसम्म
गायिका समिक्षा र निर्जला गुरुङको प्रस्तुती रहने
पाेखरा | असार १२, २०८१
पोखरा: १९ औं संस्करणको असारे रोपाइँ महोत्सव पोखरा महानगरपालिका–२३ मार्गी फेवाफाँटमा हुने भएको छ ।
पोखरा पर्यटन परिषद्ले आज पोखरामा पत्रकार सम्मेलन गर्दै १९ औं संस्करणको असारे रोपाइँ महोत्सव मागी फेवाफाटमा हुने जानकारी दिइएको हो ।
पोखरा पर्यटन परिषद्का महासचिव सञ्जयकान्त सिग्देलले असार १५ गते हुने असारे रोपाइँ महोत्सवको तयारी तीव्र पारिएको बताए ।
‘पोखरा सबै मौसमका लागि, भन्ने मूल नाराका साथ रोपाइँ महोत्सव आयोजना गर्दै आएका छौं’, महासचिव सिग्देलले भने, ‘असार १५ लाई राष्ट्रिय धान दिवसको रुपमा पनि मनाइरहेको अवस्थामा पोखरा पर्यटन परिषद्ले सुरुवात गरेको असारे रोपाइँ महोत्सवको अवाश्यकता र औचित्य समेत बढ्दै गएको छ ।’
उनले पोखरा पर्यटन परिषद्ले पोखरा वरिपरि भएका खेती योग्य जमिनलाई संरक्षण गर्दै कृषकलाई आफ्नो पेशा प्रति उत्पेरित गर्न महोत्सव आयोजना गरेको उल्लेख गरे ।
‘महोत्सवको मुख्य उद्धेश्य पोखरा वरिपरि भएका खेती योग्य जमिनको संरक्षण गर्दै कृषकलाई आफ्नो पेशा प्रति उत्पेरित गर्ने हो, उनले भने, ‘असार १५ का दिन हिलोमा एक पटक त टेक्नु पर्छ भन्ने भनाईलाई समेत जीवन्त तुल्याउने अभिप्रायले १९ वर्ष देखि असारे रोपाइँ महोत्सव आयोजना गर्दै आएका छौं ।’
पोखरा महानगरपालिका–२४ मार्गी फेवाफाँटमा हुने असारे रोपाइँ महोत्सवमा हल गोरु दौड, आमा समूहहरुबीच असारे रोपाइँ प्रतियोगिता, हिलोमा माछा समात्ने प्रतियोगिता, हिलोमा दौड प्रतियोगिता (आन्तरिक तथा बाह्य पर्यटक, महिला पुरुष), रस्सकस्सी प्रतियोगिता, (आन्तरिक तथा बाह्य पर्यटक महिला÷पुरुष) र हिलोमा भलिबल प्रतियोगिता आयोजना गरिएको छ ।
महोत्सवमा राष्ट्रिय कलाकार प्रजापति पराजुली, समिक्षा अधिकारी, निर्जला गुरुङ र बालकाशी गुरुङको सांगीतिक पस्तुती रहने आयोजकले जनाएको छ ।
रोपाइँ महोत्सवमा करिब १० हजार भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकको सहभागिता जनाउने अनुमान रहेको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए ।
‘तीव्र शहरीकरणका कारण मुख्य खाद्यान्न बालीका रुपमा प्रयोग गरिदै आएके धान खेतीका विगतका केही समय खस्दकै गरेकाले नयाँ पुस्तालाई धान खेती प्रणाली देखाउन पनि महोत्सव आयोजना गरेका हौं, अध्यक्ष श्रेष्ठले भने, ‘असार १५ गते हुने असारे रोपाइँ महोत्सवमा करिव १० हजार आन्तरिक तथा बाह्य पर्यटकको सहभागिता हुने अनुमान गरेका छौं ।’
पोखराका बिरुवा फाँट, कुँडहर फाँट, बाच्छेबढुवा, सेदिबगर, फेवा फाँट, अर्मला फाँट, महतगौडा, लामाचौर, लेखनाथ, काहुँखोला, पामेफाँट जस्ता पोखरा महानगरपालिका भित्रका खेती योग्य जमिनको खण्डीकरणले उत्पादनमा ह्रास आइरहेको छ ।
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...
काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र अझैपनि ढुक्क भएर लगानी गर्नसक्ने अवस्थामा नरहेको प्रष्ट पार्नुभएको छ । बुधवार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गर...
अन्र्तराष्ट्रिय: नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार विश्वले २०२५ लाई बिदाइ दियो । सन् २०२५ डोनाल्ड ट्रम्पको पुनः राष्ट्रपतित्व, गाजामा युद्धविराम र युक्रेनमा शान्तिका व्यर्थ प्रयासको वर्षको रूपमा चिनिन्थ्यो । यो ...

