तालचोक: ओर्लने क्रममा बस अगाडि बढेपछि चक्कामुनि परिन् बुद्धिसरा

पाेखरा | असार १२, २०८१

तालचोक: ओर्लने क्रममा बस अगाडि बढेपछि चक्कामुनि परिन् बुद्धिसरा

कास्की:  लेखनाथको तालचोकमा दमौलीतर्फ जादैं गरेको बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

 

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक भानु शर्माका अनुसार मृत्यु हुनेमा मादी गाउँपालिका ९ मिजुरे घई हाल पोखरा–२९ आदर्शचोक बस्ने बुद्धिसरा नेपाली रहेकी छिन् ।

 

पोखरा २७ तालचोकमा ग १ ख ४२२५ नम्बरको बसले हिजो (मंगलबार) बेलुकी ६: ५५ बजे ठक्कर दिँदा बुद्धिसरा गम्भीर घाइते भएकी थिइन् ।

 

त्यसपछि उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएको थियो । उपचारकै क्रममा चिकित्सकले ९: ५० बजे मृत घोषणा गरेको इन्सपेक्टर शर्माले जानकारी दिए ।

 

उनका अनुसार बिक सोही बसबाट ओर्लने क्रममा बस अघि बढेपछि पछाडिको चक्का मुनि परेकी थिइन् ।

 

उनले पोखरा–२६ जलधारेका ३२ वर्षीय बस चालक कमल विकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको बताए ।

 

‘चालक र बस अहिले नियन्त्रणमा छ, इन्सपेक्टर शर्माले सुनगाभा न्यूजसँग भने, ‘ति महिला बसबाट ओर्लनले क्रममा बस अघि बढाइएको भनिएको छ सो विषयमा थप अनुसन्धान भइरहेको छ ।’

पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ ।   पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...

थप पढ्नुहोस्

बन्दीपुर ।     पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ ।   गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

थप पढ्नुहोस्

पोखरा —    नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

थप पढ्नुहोस्