पोखरा महानगरपालिकाले ल्यायो ७ अर्ब ५१ करोडको बजेट (पुर्णपाठ)
पाेखरा | असार १०, २०८१

पोखरा: पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ७ अर्ब ५१ करोड ३२ लाख ८३ हजार रुपैयाँको बजेट ल्याएको छ ।
सोमबारको १५ औं नगरसभामा उपमेयर मञ्जुदेवी गुरुङले आगमी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेकी हुन् ।
यसपालि चालु आर्थिक वर्षको भन्दा बजेटको आकार ३६ करोड १७ लाख ८३ हजार रुपैयाँले बढेको हो । चालु आर्थिक वर्षका लागि पोखराले ७ अर्ब १५ करोड रुपैयाँको बजेट ल्याएको थियो ।
आगामी वर्ष बजेटको स्रोतमा संघीय सरकारबाट अनुदान ४ अर्ब २० करोड २२ लाख १ हजार रुपैयाँ, प्रदेश सरकारबाट अनुदान ९ करोड ६३ लाख ८१ हजार रुपैयाँ, आन्तरिक आयबाट १ अर्ब ५५ करोड ५१ लाख ४० हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
संघीय राजस्व बाँडफाँटबाट ३८ करोड ३३ लाख ७५ हजार रुपैयाँ, प्रदेश राजस्व बाँडफाँटबाट ९ करोड ७२ लाख २० हजार रुपैयाँ, स्थानीय राजस्व बाँडफाँटबाट १ अर्ब १२ करोड ८६ लाख ६१ हजार रुपैयाँ र रोयल्टी बाँडफाँटबाट ५४ लाख २४ हजार रुपैयाँ व्यहोरिने उपमेयर गुरुङले नगरसभामा जानकारी गराइन । नगर विकास कोषबाट ४ करोड ४८ लाख ८० हजार रुपैयाँ ऋण लिने बजेट वक्तव्यमा उल्लेख छ ।
पोखराले कृषि क्षेत्रका लागि ४ करोड ५ लाख रुपैयाँ विनियोजन गरेको छ । शिक्षा, खेलकुद तथा यूवा र प्रज्ञा प्रतिष्ठानका कार्यक्रम सञ्चालनमा १ अर्ब ६५ करोड रुपैैयाँ, स्वास्थ्यका कार्यक्रमलाई ३५ करोड रुपैयाँ, सामाजिक विकासमा ६ करोड, पर्यटन तथा सहरी विकास कार्यक्रम सञ्चालनार्थ ५६ करोड रुपैयाँ विनियोजन भएको हो ।
एसियाली विकास बैंकको सहयोगमा सञ्चालन हुने सहरी उत्थानशिलता तथा जिविकोपार्जन सूधार आयोजनका लागि २६ करोड १६ लाख रुपैयाँ विनियोजन भएको छ ।
पूर्वाधारतर्फ विश्व बैैंककोे सहयोगमा सञ्चालित तालचोकदेखि बेगानस, शिसुवादेखि शिसाघाट र विरौटा दोबिल्ला हुँदै बागमारा कोत्रे सडकका लागि १ अर्ब ६५ करोड, वीपी मार्ग सडक स्तरोन्नतीमा ८ करोड रुपैयाँ विनियोजन भएको छ ।
राजस्व सुधारमा स्वयमसेवक परिचालन गर्न पोखरा महानगरपालिकाले २ करोड रुपैयाँको व्यवस्थापन गरेको छ ।
महानगरपालिकाले बहाल कर असोेज मसान्तसम्म अग्रिम भुक्तानी गरेमा १० प्रतिशत छुट दिने भएको छ ।
चालु वर्षको बजेटको जेठ मसान्तसम्म ४ अर्ब १२ करोेड ९ लाख ४७ हजार रुपैयाँ मात्रै खर्च भएको छ । आन्तरिक स्रोतबाट २ अर्ब २७ करोड ८७ लाख रुपैयाँ आम्दानी हुने पोखरा महानगरको प्रक्षेपणको ३८.३० प्रतिशत हासिल भएको छ । महानगरले आन्तरिक आम्दानी ८७ करोड २७ लाख ४० हजार रुपैयाँ मात्रै गरेको हो ।
१ अर्ब ४६ करोड ६२ लाख रुपैयाँ राजस्व बाँडफाटबाट प्राप्त हुने अनुमान गरेको पोखराले जेठ मसान्तसम्म ६२ प्रतिशत ९१ करोड ४२ लाख २० हजार रुपैयाँ पाएको छ ।
२०७९/८० को लेखा परीक्षण प्रतिवेदन अनुसार ७८ करोड समपरीक्षण गर्न पेश भएकोमा ५३ करोड ३० लाख रुपैयाँ बेरुजु समपरीक्षण भएको महानगरपालिकाले जनाएको छ ।
(पुर्णपाठ)
विराटनगर: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको मुद्दा अब अदालतको विषय भएकाले कुनै टिप्पणी नगर्ने बताउनुभएको छ । विर...
काठमाडौं: लगातार स्थगित हुँदै आएको प्रतिनिधि सभाको बैठक शुक्रबार पनि सूचना टाँस गरेर जेठ २५ गते आइतबार १ बजेसम्मका लागि स्थगित भएको छ । विपक्षी दलले गृहमन्त्रीको राजीनामा सहितका माग गर्दै सदन सञ्च...
धनुषा: नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मधेशमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्ने बताउनुभएको छ । आज पार्टीको मधेश प्रदेश कार्यालय जनकपुरधाममा पत्रकारहरूसँग कुरा गर्...