रुपाको बजेट ४६ करोड ७६ लाख (पूर्णपाठ)
पाेखरा | असार १०, २०८१

पोखरा: कास्कीको रुपा गाँउपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ४६ करोड ७६ लाख ८२ हजार रुपैयाँको बजेट ल्याएको छ ।
आइतबार भएको १५ औँ गाउँ सभामा उपाध्यक्ष लालसुब्बा गुरुङले पूर्वाधार, कृषि र स्वास्थ्यलाई प्राथमिकतामा राख्दै बजेट प्रस्तुत गरेकी हुन् ।
बजेटको ठुलो आकार भने चालु खर्चतर्फ छ । चालुतर्फ ३१ करोड ९४ लाख ५७ हजार रुपैयाँ र पुँजीगततर्फ १४ करोड ८२ लाख २५ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
आन्तरिकतर्फ चालु आर्थिक वर्षको अल्या ५ करोड ३० लाख रुपैयाँ र आन्तरिक आम्दानी तर्फ १ करोड ५६ लाख ५० हजार रुपैयाँ अनुमान गरिएको छ ।
अन्य स्रोत संघ र प्रदेश सरकारबाट आउने विभिन्न अनुदान रकम रहेको उपाध्यक्ष गुरुङले बताइन् ।
आर्थिक विकास तर्फ ४ करोड ९ लाख रुपैयाँ, सामाजिक विकासमा २२ करोड २० लाख रुपैयाँ, स्वास्थ्य सेवामा ४ करोड २१ लाख ३१ हजार हजार रुपैयाँ, शिक्षामा १६ करोड ९ लाख रुपैयाँ, कृषि तथा पशु सेवाका लागि २ करोड ३२ लाख ६२ हजार रुपैयाँ बजेट बिनियोजन भएको छ ।
बजेटले क्षेत्रगत कार्यक्रम अन्र्तगत ‘किसानको हातः गाउँपालिकाको साथ’ भन्ने नाराका साथ एक घर एक मौरी घार कार्यक्रमलाई निरन्तरता दिइएको छ । यो कार्यक्रमलाई ५२ लाख रुपैयाँ बजेट बिनियोजन भएको छ ।
मौरीपालक किसानलाई प्राथमिकतामा राखेको रुपाले चालु आर्थिक वर्षको बजेटले १ हजार ९ सय घरधुरीमा मौरीसहितको घार वितरण गरेका उपाध्यक्ष गुरुङले जानकारी दिइन् ।
आगामी आर्थिक वर्षमा रुपामा २५ हजार लिटर मह उत्पादन हुने उनको भनाइ छ । गाउँपालिकाले ब्राण्डिङ गरेर बजारीकरणमा सघाउनेछ ।
कटहर खेतिलाई प्रोत्साहन गदै व्यवसायिक बनाउन कार्यक्रम संचालन गर्ने, किसानको खोतीको सुरक्षाका लागि बाँदर नियन्त्रणको लागि बाँदर निर्माण गर्ने उल्लेख छ ।
गाँउपालिकाको अस्पताल रुपाकोट अस्पतालको स्तरोन्नती गरी १५ शैय्याबाट २५ शैैय्याको बनाउन ५० लाख रुपैयाँ बजेट बिनियोजन भएकोे छ ।
पूर्वाधारतर्फ ७ करोड रुपैयाँ बिनियोजन गरेको रुपाले वडा नम्बर १ र २ को मुख्य सडक शिचण्डी मोटरबाटो पक्की बनाउन २ करोड ९० लाख रुपैयाँ र वडा नम्बर १ को कार्यालय जोड्ने सडकका लागि १ करोड ६० लाख रुपैयाँ छुट्टिएको छ ।
आइतबार नै नीति तथा कार्यक्रम प्रस्तुतपछि बजेट पेश भएको हो । नीति तथा कार्यक्रम पेश गदै गाउँपालिका अध्यक्ष नवराज ओझाले कृषिलाई प्राथमिकतामा राख्ने बताए ।
किसानकोे उत्पादनलाई प्रोत्साहन गर्न उत्पादनसँगै बजारीकरणतर्फ बजेट केन्द्रीत भएको उनको भनाइ थियो । कृषि उत्पादनको विक्रीका लागि कृषि एम्बुलेन्स सञ्चालन गर्ने ओझाले बताए ।
(पूर्णपाठ)
काठमाडौं: सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै सुनचाँदी व्यवसायीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । सुनचाँदी गहनामा लगाइएको अनावश्यक विलासिता करको व्यवस्थाले यस व्यवसाय थप स...
सुनसरी: सप्तकोसी नदीमा उद्धार तालिमको क्रममा बेपत्ता भएका सशस्त्र प्रहरी बलका जवान सुरज साउदको शव फेला परेको छ। उनको शव कोसी ब्यारेजको ५५ नम्बर ढोका नजिकै शनिवार फेला परेको सशस्त्र प्रहरीले जनाएको छ...
काठमाडौं: नागढुंगा–नौबिसे सडक खण्डमा सोमबारदेखि थप पाँच दिन बन्द हुने भएको छ । सडक मर्मत तथा सुधार कार्य जारी रहेकाले जेठ २६ गतेदेखि ३० गतेसम्म दिनहुँ साढे चार घण्टा सडक बन्द गर्ने नागढुङ्गा&ndas...