बहालवाला मुख्सचिव र सहसचिव विरुद्ध करिब ३९ करोडको भ्रष्टाचारको मुद्दा
काठमाडाैं | असार ९, २०८१
काठमाडौं: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वहालवाला मुख्यसचिव वैकुण्ठ अर्यालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अन्तःशुल्क स्टिकर छपाइमा अनियमितता गरेको आरोपमा अख्तियारले मुख्यसचिव अर्याल, अर्थमन्त्रालयका बजेट महाशाखा प्रमुख सहसचिव रितेश कुमार शाक्य,भन्सार विभागका उपमहानिर्देशक टंक प्रसाद पाण्डे सहित ठेकेदार कम्पनीका प्रतिनिधिलाई विपक्षी बनाएर मुद्दा दायर गरेको हो ।
आयोगले बाहालवाल मुख्य सचिव, सहसचिवका अतिरिक्त सुरक्षण मुद्रण विभागका तत्कालिन कार्यकारी निर्देशक विकल पौडेल, आन्तरिक राजश्व कार्यालय लाजिम्पाटका तत्कालिन निर्देशक गणेश विक्रम शाही, तत्कालीन शाखा अधिकृत रविन्द्र पौडेल, राष्टिय सुचना प्रविधि केन्द्रका तत्कालिन निर्देशक सफल श्रेष्ठ, सुरक्षण मुद्रण केन्द्रका लेखा अधिकृत विष्णु प्रसाद गौतम शाखा अधिकृत हरिवलम्भव घिमिरे र खरिद परामशर्ता विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको छ ।परामर्श दाता शक्तिप्रसाद श्रेष्ठ, प्रिन्ट सेल प्रालि ललितपुरका निर्देशक केशव शर्मा र प्रिन्ट सेल प्रालि कम्पनीलाई प्रतिवादी बनाएको छ । उनिहरुमाथि ३८ करोड ६७ लाख १७ हजार ६ सय ४१ विगो दावी गरिएको छ ।
विकल पौडेल सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक भएका बेला ४३ करोड ३२ लाख अन्तःशुल्क स्टिकर छाप्नका लागि ठेक्का आह्वान गरिएको थियो । हालका मुख्यसचिव अर्याल तत्कालीन अवस्थामा सञ्चार मन्त्रालयमा सचिव हुनुहुन्थ्यो । वहालवाला मुख्य सचिव नै भ्रष्टाचार प्रकरणमा रहेको परेको संभवत यो पहिलो घटना हो ।
९ महिनामा ४३ करोड ३२ लाख स्टिकर छाप्ने भनी सुरक्षण मुद्रण केन्द्र र प्रिन्ट सेलबीच झन्डै ३८ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।
काठमाडौं: पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएकामा आज दुवै धातुको मोल केही बढेको छ । आज छापावाल सुन प्रतितोला रु दुई लाख ६२ हजार ५०० र त्यति नै चाँदीको मोल र...
मुस्ताङ: धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा सन् २०२५ मा २५ हजार ४०३ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्न...
ढोरपाटन: तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण रु एक करोड ६८ लागतमा भएको छ । वडाध्यक्ष झकबहादुर बुढा मगरका अनुसार एउटा सुविधायुक्त सभाहलसहित सात वटा कोठाको तीनतले भवन ...

