बाढीले चचरीको पुल भत्काइदिएपछि आवत-जावतमा समस्या
सप्तरी | असार २२, २०७९

सप्तरी: तीन वर्षअघि सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकास्थित कुनौलीलाई जोड्ने एकमात्र अस्थायी पुल (चचरी) बाढीले भत्काएपछि सर्वसाधारणलाई आवतजावत गर्न कठिनाइ भइरहेको छ । सो पुल अभैm बन्न नसक्दा सीमावर्ती भारतीय बजार कुनौलीमा किनमेल गर्न जान स्थानीयवासीलाई समस्या भएको हो ।
अहिले सर्वसाधारण खोला तरेर जोखिमपूर्ण आवतजावत गर्न बाध्य भएका छन् । स्थानीय र सीमावर्ती भारतीय बजारका बासिन्दाहरु मिलेर सहज आवतजावत गर्नका लागि उक्त खोलामा बाँस तेस्र्याएर अस्थायी पुल निर्माण गरिएको थियो ।
सो पुल तीन वर्षअगाडि आएको भीषण बाढीले बगाएर लागेपछि अहिले मानिसलाई बाढी आएको बेला पनि कुनौली बजार जान पनि समस्या हुने गरेको स्थानीयवासीको गुनासो छ ।
तिलाठी कोइलाडी गाउँपालिका–१ बेल्हीस्थित राजविराज भन्सार कार्यालय अगाडि रहेको खाडो खोलामा बाँसको फड्के बनाएर पुनः आवागमनको व्यवस्था मिलाउने प्रयास गरिए पनि केही दिन अगाडि लगातर परेको वर्षाले गर्दा बनाउन नसकिएको स्थानीय सुरेश यादवले बताउनुभयो ।
तिलाठी कोइलाडी गाउँपालिकाका निर्वतमान अध्यक्ष शतिशकुमार सिंहले आफ्नो कार्यकालमा नै उक्त स्थानमा नेपाल–भारत मैत्री पुल बनाउने अथक प्रयास गरे पनि भारतीय सुरक्षाकर्मीले माथिको आदेश चाहियो भन्दै अवरोध पु¥याएपछि काम अघि बढ्न गुनासो गर्नुभयो । दसगज्जा क्षेत्रमा रहेको उक्त खोलाबाट वर्षायाममा महुली, जिता, खाँडो, त्रियुगा, भलुवाही लगायतका नदी र खोलाको पानी बग्ने गरेको र पुल नहुँदा दुवै देशका नागरिकले सास्ती खेप्नु परिरहेको स्थानीय रामचन्द्र झाले बताउनुभयो ।
सुख्खायाममा जसोतसो आवागमन हुने गरेको भए पनि वर्षायाममा जोखिम मोलेर स्थानीयहरु आवतजावत गर्न बाध्य छन् । नेपालको दक्षिणी सीमामा पर्ने कुनौली बजारमा त्यस भेगका जनता किनमेल, शिक्षा, उपचार, तीर्थयात्रा लगायतका विभिन्न कामका सिलसिलामा आवतजावत गर्न यही बाटो प्रयोग गर्ने गरेका छन् । तर पुल नहुँदा वर्षायाममा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको राजविराज नगरपालिका–३ का विन्दु चौधरीले दुःखेसो पोख्नुभयो । उहाँले भन्नुभयो, “हामी राजविराजबाट किनमेल गर्न कुनोली बजार विगत २५ वर्षदेखि जाने गरेका छौँ तर अहिले उक्त बजार जानका लागि खोलामा पुल नहँुदा वर्षाको समयमा नदी तर्न झन् समस्या हुने गरेको छ । ”
विवाह, व्रतबन्ध, भोजभतेरका लागि कुनोली बजारबाट नै सरसमानहरु ल्याउन यहाँको मनिसहरु जाने भएकाले पक्की पुल नभएका कारण उक्त बजारमा पहिलाको तुलनामा अहिले मानिसहरुको भीडभाडमा कमी आएको व्यापारीहरु बताउँछन । कुनोली बजारमा पसल सञ्चालन गरेका रमन दासले विगत ३ वर्षदेखि व्यापारमा केही ह्रास आएको बताउनुभयो ।
यो बजारमा अधिकांश नेपालीहरु नै किनमेल गर्नका लागि आउने गरेका हुनाले अहिले खोलमा पुल नबनेका कारण यहाँका व्यापारीहरु निरास देखिएको उहाँको भनाइ छ । भारतीय बजारमा किनमेल गर्न सामानहरुमा केही सस्तो पाउने भएकाले अधिकांश मानिसहरु त्यही जान रुचाएका हुनाले नदी पार गर्न कुनै किसिमको सुविधा नभएका कारण पानीमै तरेर जानुपर्ने बाध्यता देखिएको छ ।
लामो समयदेखि कुनोली जोड्ने बजार जानका लागि पुल नभएको विषयमा केन्द्रस्तरबाटै कूटनीतिज्ञ पहल गरी समस्याको समाधान खोजिनुपर्ने तिलाठी कोइलाडी गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेश झाको भनाइ छ । यहाँ पक्की पुल बनेपछि सप्तरीसहित अन्य जिल्लाको मानिसहरुलाई कुनोली बजारमा सरसमान किनमेल गर्न सजिलो हुने देखिएको छ ।
चितवन: चितवन– पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनको राप्ती नगरपालिकाको खहरे पुलमा सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । घटनामा १८ जना घाइते भएका छन् । चितवनका प्रहरी प्रमुख गोव...
काठमाडौं: आज अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन मनाउने गरिन्छ । संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णय ...
नवलपरासी: पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दुम्कीवास–दाउन्ने सडक खण्डबाट आवतजावत गर्न समस्या भएको छ । वर्षासँगै बढेको विनयी खोलाको बाढी र दाउन्ने क्षेत्रमा सडक हिलाम्मे...