हेमजा भेट्रान्स कप: पोखरा १२ र १३ सेमिफाइनलमा प्रवेश

पाेखरा | असार ५, २०८१

हेमजा भेट्रान्स कप: पोखरा १२ र १३ सेमिफाइनलमा प्रवेश

कास्की:    हेमजा भेट्रान्स कपमा पोखरा महानगरपालिका १२ र वडा १३ सेमिफाइनलमा प्रवेश गरेको छ ।

 

मंगलबार भएको पहिलो क्वाटरफाइनल खेलमा पोखरा १२ ले वडा ६ लाई पेनाल्टी सुटआउटमार्फत पराजित गर्दे सेमिफाइनलमा प्रवेश गरेको हो ।

 

निर्धारित समयमा १–१ को बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टी सुट आउटमा पोखरा १२ ले ५–४ गोल अन्तरले पराजित गर्दे विजयी भएको हो । उक्त खेलको म्यान अफ दि म्याच पोखरा ६ का विष्णु बहादुर लामिछाने भए ।

 

त्यस्तै दोस्रो खेलमा पोखरा १३ ले वडा ५ लाई ३–१ गोल अन्तरले पराजित गर्दे सेमिफाइनल प्रवेश गर्याे ।

 

खेलको ३२ औं मिनेटमा  राजकुमार गुुरुङले  पहिलो गोल गरे । साथै देभभक्त गुरुङले ४९ औं मिनेटमा दोस्रो गोल गरे त्यस्तै नरेन्द्रजंग गुरुङले ५३ औं मिनेटमा थप १ गोल गर्दै वडा १३ लाई ३ गोलको अग्रता दिलाए ।

 

वडा न ५ का अनिल राज कोइरालाले ५६ औ मिनेटमा १ गोल गरेका थिए  । सो खेलमा पोखरा १३ का अमित परियार म्यान अफ दि म्याच घोषित भएका थिए ।
 

हेमजा यूनाईटेडको आयोजना तथा पोखरा महानगरपालिकाको संरक्षणमा पोखराको हेमजामा शनिबार देखि सुरु भएको अन्तर वडा स्तरीय हेमजा भेट्रान्स कप २०८१ असार ७ गते सम्म संचालन हुनेछ ।

 

प्रतियोगितामा प्रथम हुने टीमले नगद १ लाख ११ हजार ११ र द्धितिय हुने टीमले ५५ हजार ५ सय ५५ नगद सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

पोखरा:    नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सहारा क्लब अष्ट्रेलियाका अध्यक्ष सिद्धार्थ पौडेलले आर्थिक सहयोग गरेका छन् ।    व्...

थप पढ्नुहोस्

पोखरा:    नेकपा एमाले कास्की क्षेत्र नम्बर २ का प्रतिनिधि सभा उम्मेदवार रश्मि आचार्यले भूमिहिन र सुकुम्बासीको समस्या समाधानलाई आफ्नो मुख्य प्राथमिकता भएको बताएका छन् ।   उनले आफू निर्वाचित भए...

थप पढ्नुहोस्

पोखरा:     कास्कीको अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुकमा घान्द्रुक पर्यटन महोत्सव सुरु भएको छ ।   घान्द्रुक पर्यटन व्यवस्थापन समिति र रोधीं क्लब कोँड (घान्द्रुक)को संयुक्त आयोजनामा ब...

थप पढ्नुहोस्