झापामा टिप्पर र बस ठोक्किदा २१ जना घाइते
झापा | असार ४, २०८१
दमक: झापाको कमल गाउँपालिका ४ चुलाचुली मोडमा मङ्गलवार बिहान बस र टिप्पर ठाेक्किदा २१ जना यात्रुहरू घाइते भएका छन् ।
झिलझिलेबाट दमकतर्फ आउँदै गरेको बा ३ ख २१६६ न.को टिप्पर र विपरीत दिशा तर्फबाट जाँदै गरेको को १ ख ५०८७ न.को यात्रु बस एक आपसमा ठक्कर खाई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले बताए ।
उनका अनुसार घाइतेहरूलाई उपचारका लागि दमक रिसर्च सेन्टर अस्पताल दमकमा ११ जना, लाइफलाइन अस्पताल दमकमा ९ जना र दमक अस्पतालमा १ जना पठाइएको छ ।
स्थानीय दमक अस्पतालमा उपचार हुन नसकेकाहरूलाई थप उपचारका लागि अन्यत्र पठाइएको छ । झापा कमल गाउँपालिका वडा नं.४ बस्ने वर्ष ३८ की बिनु लिम्बु र दमक नगरपालिका वडा नं. ५ बस्ने वर्ष ४२ का कलिन्द्र शेर्मालाई थप उपचारका लागि बिएण्डसि अस्पताल लगिएको छ ।
काठमाडौंः नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा ५०७ जनाविरुद्ध उजुरी परेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेक...
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन हुनुभएको छ । एमालेको केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा भएको बैठ...
पोखरा: ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्मित गुरुङ कथानक चलचित्र सौंर्बे म्रु ‘मनको राजा’ को पोखरामा पुन: प्रदर्शन हुने भएको छ । नेपाली भाषामा...

