झापामा टिप्पर र बस ठोक्किदा २१ जना घाइते

झापा | असार ४, २०८१

झापामा टिप्पर र बस ठोक्किदा २१ जना घाइते

दमक:     झापाको कमल गाउँपालिका ४ चुलाचुली मोडमा मङ्गलवार बिहान बस र टिप्पर ठाेक्किदा २१ जना यात्रुहरू घाइते भएका छन् ।

 

झिलझिलेबाट दमकतर्फ आउँदै गरेको बा ३ ख २१६६ न.को टिप्पर र विपरीत दिशा तर्फबाट जाँदै गरेको को १ ख ५०८७ न.को यात्रु बस एक आपसमा ठक्कर खाई दुर्घटना भएको  जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले बताए । 

 

उनका अनुसार  घाइतेहरूलाई  उपचारका लागि दमक रिसर्च सेन्टर अस्पताल दमकमा ११ जना, लाइफलाइन अस्पताल दमकमा ९ जना  र दमक अस्पतालमा १ जना पठाइएको छ । 

 

स्थानीय दमक अस्पतालमा उपचार हुन नसकेकाहरूलाई थप उपचारका लागि अन्यत्र पठाइएको छ । झापा कमल गाउँपालिका वडा नं.४ बस्ने वर्ष ३८ की बिनु लिम्बु र दमक नगरपालिका वडा नं. ५ बस्ने वर्ष  ४२ का कलिन्द्र शेर्मालाई थप उपचारका लागि बिएण्डसि अस्पताल लगिएको छ ।

 

 

पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ ।   पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...

थप पढ्नुहोस्

बन्दीपुर ।     पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ ।   गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

थप पढ्नुहोस्

पोखरा —    नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

थप पढ्नुहोस्