भद्रकाली माविलाई मदरल्याण्ड एसइई कप फुटसलको उपाधि
पाेखरा | असार ३, २०८१
पोखरा: पोखरा -७ मासबार रहेको मदरल्याण्ड माविले आयोजना गरेको दोस्रो मदरल्याण्ड एसइई कप फुटसल प्रतियोगिताको उपाधि भद्रकाली माविले जितेको छ ।
भद्रकालीले फाइनलमा गोगन माविलाई हराउँदै उपाधि जितेको हो ।
उपाधिसहित भद्रकालीले नगद ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्याे ।
यस्तै उपविजेता बनेको गोगन माविले नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्रमा प्राप्त गर्याे । त्यसै गरी तेस्रो हुदै ब्रम्हरुपा माविले नगद १० हजार र चौथो हुदै मदरल्याण्ड माविले नगद ५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्याे ।
प्रतियोगिताका विजेतालाई मदरल्याण्ड माविका प्रिन्सिपल नारायण बराल, विद्यालयका प्लस टु कोडिनेटर नारायण आचार्य लगाएतले पुरस्कार वितरण गरेका थिए ।
तीन दिनसम्म चलेको प्रयितोगितामा निजी र सामुदायिक विद्यालयबाट एसइई दिएका विद्यार्थीका ७२ टिम सहभागि भएका थिए ।
पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...
पोखरा — नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

