अन्तर वडास्तरीय हेमजा भेट्रान्स कप:  वडा १ को विजयी सुरुवात

पाेखरा | असार २, २०८१

अन्तर वडास्तरीय हेमजा भेट्रान्स कप:  वडा १ को विजयी सुरुवात

हेमजा:  पोखरा महानगरपालिका २५ हेमजामा शनिबारदेखि सुरु भएको अन्तर वडा स्तरीय हेमजा भेट्रान्स कप २०८१ मा पोखरा महानगर १ बगरको टोलीले विजयी सुरुवात गरेको छ ।

 

‘युवा एकता र विकासका लागि खेलकुद’ भन्ने मुल नाराका साथ हेमजा युनाइटेडको आयोजनामा भएको उद्धघाटन खेलमा आयोजक वडा २५ हेमजालाई २–० गोलको अन्तरले हराउँदै बगरले विजयी सुरुवात गरेको हो ।

 

वडा १ को जीतमा खेलको ३४ औं मिनेटमा राजु तामाङले पहिलो गोल गरे । 

 

यस्तै खेलको ५३ औं  मिनेटमा बगरका अन्तिम गुरुङले दोस्रो गोल गर्दै जीतको सुनिश्चित गरे ।

 

असार  ७ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद रु १ लाख ११ हजार १ सय ११, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।

 

यस्तै उपविजेताले नगद रु ५५ हजार ५ सय ५५, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।
सो प्रतियोगितामा विधागतर्फ सर्वोकृष्ट खेलाडीलाई नगद रु ५ हजारले पुरस्कृत गरिनेछ । यस्तै सर्वाधिक  गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र फरवार्डलाई जनही नगद रु २ हजारकोसाथमा ट्रफी प्रदान गरिने छ ।  


यसअघि प्रतियोगिताको उद्घाटन पोखरा महानगरपालिकाका प्रवक्ता तथा वडा २५ का वडाध्यक्ष मोतिलाल तिम्सिनाले उद्धघाटन गरे । 

 

सो अवसरमा बोल्दै तिम्सिनाले हेमजा क्षेत्रका विभिन्न खेलकुदका राष्ट्रिय खेलाडीहरुको स्मरण गर्दै हेमजा खेलकुदको उर्भर भूमि भएको बताए ।

 

गौरीशंकार खेलमैदानको पूर्वाधार विकासका लागि महानगरले गत बर्ष ४० लाख बजेट विनियोजन गरेको बताउदै जारी हेमजा भेट्रान्स कपका लागि  ४ लाख रकम सहयोग गरेको उल्लेख गरे ।

 

कार्यक्रमको अवसरमा हेमजा हनुमानचोक निवासी सिता सापकोटाले २०७९ माघ १ गते यति एयरलायन्सको जहाज दुर्धटनामा परि निधन भएका  छोरा स्व: राजन सापकोटा र बुहारी स्व:अनिषा सापकोटाको स्मरणमा हेमजा यूनाइटेडद्धारा संचालन गरिएको फुटबल ऐकेडीमिका लागि २ लाख २२ हजार २ सय २२ रुपैयाँ सहयोग प्रदान गरेकी थिइन् । 


 

पोखरा:    नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सहारा क्लब अष्ट्रेलियाका अध्यक्ष सिद्धार्थ पौडेलले आर्थिक सहयोग गरेका छन् ।    व्...

थप पढ्नुहोस्

पोखरा:    नेकपा एमाले कास्की क्षेत्र नम्बर २ का प्रतिनिधि सभा उम्मेदवार रश्मि आचार्यले भूमिहिन र सुकुम्बासीको समस्या समाधानलाई आफ्नो मुख्य प्राथमिकता भएको बताएका छन् ।   उनले आफू निर्वाचित भए...

थप पढ्नुहोस्

पोखरा:     कास्कीको अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुकमा घान्द्रुक पर्यटन महोत्सव सुरु भएको छ ।   घान्द्रुक पर्यटन व्यवस्थापन समिति र रोधीं क्लब कोँड (घान्द्रुक)को संयुक्त आयोजनामा ब...

थप पढ्नुहोस्