स्वयसेविकालाई परिवार नियोजन संघ कास्कीकाे अभिमुखीकरण
पाेखरा | असार १, २०८१

पोखरा: नेपाल परिवार नियोजन संघ कास्की शाखाले सामुदायिक महिला स्वास्थ्य स्वयसेविकाका लागि यौन तथा प्रजनन् स्वास्थ्य अभिमुखीकरण कार्यक्रम गरेको छ ।
संघले पोखरा महानगरपालिका वडा नं २८ का स्वयंसेविकाका लागि सौर्यस्थित माझठाना स्वास्थ्य चौकीमा कार्यक्रम गरेको हो । कार्यक्रममा वडाभित्र कार्यरत स्वयंसेविकाको सहभागिता रहेको थियो ।
कार्यक्रममा नेपाल परिवार नियोजन संघ कास्कीले संचालन गरिरहेको यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धि सेवा बारेमा जानकारी दिइएको सभापति नवीन सिग्देलले जानकारी दिनुभयो ।
कार्यक्रममा शाखाका बरिष्ठ शाखा प्रवन्धक नवराज तिवारीले सहजिकरण गर्नुभएको थियो ।
कार्यक्रम उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं २८ का वडा अध्यक्ष श्रीकृष्ण लामिछानेले वडाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो ।
नेपाल परिवार नियोजन संघका केन्द्रीय महासचिव अर्जुन सिग्देलले यौन तथा प्रजनन् स्वास्थ्य सेवालाई महत्व दिएर सेवा संचालन गरेको उल्लेख गर्नुभयो ।
नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रम माझठाना स्वास्थ्य चौकी प्रमुख विनोद तिवारीले संचालन गर्नुभएको थियो ।
नेपाल प्रहरीका १८ जना प्रहरी कर्मचारी असारयता आफूखुशी गैरहाजिर रहेका छन्। प्रहरी प्रधान कार्यालयले मंगलबार सूचना जारी गर्दै आफूखुशी गैरहाजिर रहेका प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्द...
लुम्बिनी प्रदेशमा दसैँको अवधिमा ५३६ वटा सवारी दुर्घटना भएका छन् । असोज ६ गतेदेखि १९ गतेसम्मको अवधिमा प्रदेशका १२ वटा जिल्लामा गरी ५३६ सवारी दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको हो । त...
काठमाडौँ: निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ । स्वीकृत कार्यतालिकाअनुसार आगामी मङ्सिर १ गतेदेखि १० गतेसम्म ...