राजश्व बढाउन निजी क्षेत्रलाई जिम्मा दिन चेम्बरको माग
पाेखरा | असार २१, २०७९

पोखरा : पोखरा चेम्बर अफ कमर्स कास्कीले कास्कीका नवनिर्वाचित पालिका प्रमुख तथा उपप्रमुखसँग मंगलबार उद्योग व्यवसायको प्रवद्र्धनको बारेमा अन्तक्र्रिया गरेको छ ।
कार्यक्रममा कास्कीको अन्नपूर्ण, मादी र माछापुच्छे« गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षलाई बधाई ज्ञापन समेत गरिएको छ । कार्यक्रममा गण्डकी प्रदेश चेम्बर अफ कमर्सका अध्यक्ष तथा संस्थाका निवर्तमान अध्यक्ष किसान सुनारले निजी क्षेत्रलाई निश्चित प्रतिशत दिएर जिम्मा दिए राजश्व बढ्न सक्ने दाबी गरे ।
उनले निजी क्षेत्रले राजश्व संकलनको जिम्मा पाए धेरै भन्दा धेरै उद्योगी व्यवसायीलाई समेट्न सक्ने र करको दायरा बढाउने सहयोग पुग्ने चर्चा गरे । पोखरा महानगरपालिकाले राजश्व संकलनको जिम्मा पोखरा उद्योग वाणिज्य संघलाई दिएको स्मरण गराउँदै उनले पालिकाले समेत त्यस्तो अभ्यास गर्न सक्ने प्रस्ताव गरे । गण्डकी प्रदेश सरकारले पालिका स्तरमा औद्योगिक ग्राम निर्माण गर्ने योजना अगाडी सारेको उल्लेख गर्दै उनले एक पालिका एक उत्पादनको लागि चेम्बरले सहजीकरण गर्ने बताए ।
अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले सबै नागरिकलाई उद्यमी र व्यवसायी नबनाएसम्म समृद्धि हासिल गर्न नसकिने तर्क गरे । उनले सदरमुकाम केन्द्रीत उद्योग व्यवसायलाई पालिकामा विस्तार गर्न उनले सुझाव दिए । माछापुच्छ«े गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले आरन, सिलाई कटाई, ठेकी मदानी जस्ता परम्परागत सीप तथा उद्योगको प्रवद्र्धनमा पालिका लागेको जानकारी दिए । उनले पर्यटन, कृषि र पशुपालनको क्षेत्रमा सहकार्य गर्न निजी क्षेत्रसँग आग्रह गरे ।
मादी गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङले उद्योग व्यवसायको क्षेत्रमा लगानी गर्न आएको खण्डमा आवश्यक वातावरण तथा संरक्षणमा सहयोग गर्ने बताए । पर्यटनको प्रशस्त सम्भावना भएतापनि अझैपनि सुविधा सम्पन्न होटल नभएको जानकारी दिदै उनले समग्र मादीको समृद्धिको लागि सहकार्य गर्न तयार रहेको उल्लेख गरे ।
कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष चन्द्रकला अधिकारी, माछापुच्छ«े गाउँपालिकाका उपाध्यक्ष सिता अधिकारी, मादी गाउँपालिकाका उपाध्यक्ष कल्पना गुरुङ, पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष यमनाथ पौडेल, उद्योगतर्फका उपाध्यक्ष ज्ञानबहादुर नेपाली, वस्तुगततर्फका उपाध्यक्ष उमराज बास्तोला, वाणिज्यतर्फका उपाध्यक्ष प्रेमराज सुवेदी, महासचिव नवराज आचार्य, सल्लाहकार प्रवेशचन्द्र उप्रेती पत्रकार श्याम कुँवर लगायतले बोलेका थिए ।
पोखरा: विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा शुक्रबारीय कार्यक्रम अन्तरगत चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । उक्त प्रतियोगितामा कक्षा नर्सरीबाट इशान सुवेदी प्रथम, सनिका थापामगर द्वितीय र इज्र...
धनगढी: बाजुराको हिमाली गाउँपालिकामा जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । बुढीनन्दा नगरपालिकाको कोल्टीबाट हिमाली गाउँपालिकाको धुलाचौरतर्फ जाँदै गरेको म १ ज २३३ नम्बरको जीप सिउडी खोलामा दुर्घटनामा...
काठमाडौं: सत्तासाझेदार नेपाली कांग्रेस संसदीय दलको बैठक शनिबार (जेठ ३) बस्ने भएको छ । कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले बैठक शनिबार दिउँसो २ः०० बजे संघीय संसद् भवन नयाँ बानेश्वरम...