पोखरा १५ मा बिहीबारदेखि हुने फुटसलको तयारी पूरा
उद्घाटनमा रेन्बो स्कुल र नयाँगाउँ एफसी भिड्ने
पाेखरा | जेठ ३०, २०८१
पोखरा: दिव्यज्योति क्लबको आयोजनामा भोलि (बिहीबार) देखि सुरु हुने पहिलो संस्करणको फुटसल प्रतियोगिताको तयारी पूरा भएको छ ।
पोखरा महानगरपालिका १५ भित्रका क्ललाई लक्षित गर्दै ३१ र ३२ गते न्यू एयरपोर्ट फुटसल खेल मैदानमा हुने सो प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको सह–संयोजक शैलेस गुरुङले जानकारी दिए ।
उनका अनुसार सो प्रतियोगिताको उद्घाटन खेल (बिहान ९ बजे) मा रेन्बो स्कुल र नयाँगाउँ एफसी भिड्नेछन् ।

उक्त प्रतियोगिताको उद्घाटन पोखरा १५ का वडाध्यक्ष तोरण बाँनियाले उद्घाटन गर्रे सह–संयोजक गुरुङले बताए ।
सो प्रतियोगितामा पोखरा १५ भित्रका कुल २१ टिमको सहभागिता रहेको बताउदै विजतालाई नगद रु ३० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने बताए । यस्तै उपविजेताले नगद रु २० हजार, शिल्ड,मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। छैटौँ तहका इन्जिनियर खड्काले पुलको...
पोखरा । युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । भगवती युवा ...
फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ। अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

