दाङसिङ्गकी इशाको उपचारका लागि ३ लाख २० हजार सहयोग

पाेखरा | जेठ २५, २०८१

दाङसिङ्गकी इशाको उपचारका लागि ३ लाख २० हजार सहयोग

पोखरा:   कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ८ दाङसिङ्ग निवासी इशा विकको उपचारका लागि आर्थिक सहयोग  गरिएको छ ।

 

स्थानीय प्रेम बहादुर विककी २९ वर्षिया छोरी इशालाई ब्रेन ट्युमर भएको र आर्थिक अभावका कारण उपचारमा समस्या भएकाले आर्थिक सहयोग  गरिएको हो । उहाँको उपचारका लागि सात लाख खर्च लाग्ने बताइएको छ ।
 

 

दाङसिङ्ग गुरुङ सम्पर्क मञ्च र दाङसिङ्ग तमु समाज यु.केको नेतृत्वमा रकम संकलन गरिएको थियो । संकलित रकम ३ लाख २० हजार आठ सय ८२ रुपैयाँ शुक्रबार बिरामी इशा र बुबा प्रेमलाई हस्तान्तरण गरिएको हो।

 

मञ्चका अध्यक्ष क्याप्टेन काजीमान गुरुङले रकम हस्तान्तरण गर्नुभएको थियो । नेपाली काँग्रेस क्षेत्र नं ३ का सभापति मनोज गुरुङ्, अन्नपूर्ण ८ का वडा अध्यक्ष विजय गुरुङ, नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि विष्णु बहादुर क्षत्री, सहसचिव नवीन सिग्देल, नेपाली काँग्रेस क्षेत्र नं ३ का सदस्य तिलक बहादुर कुँवरको रोहवरमा संकलित रकम हस्तान्तरण गरिएको थियो।
 

दाङसिङ्ग तमु समाज यु।केका अध्यक्ष राज बहादुर गुरुङको नेतृत्वमा एक लाख ७० हजार पाँच सय ३७, दाङ्सिङ्ग गुरुङ सम्पर्क मञ्चको नेतृत्वमा एक लाख ६ हजार आठ सय १५, अन्नपूर्ण गाउँपालिका वडा नं ८ बाट ३७ हजार र नेपाली काँग्रेस कास्कीका सदस्यहरुबाट ६ हजार पाँच सय संकलन भएको रकम संकलन समितिका संयोजक पुरण गुरुङले जानकारी दिनुभयो । 

काठमाडौं:   प्रधानमन्त्री सुशीला कार्कीले भिडियो सन्देश सार्वजनिक गर्नुहुँदै नयाँ मतदातालाई आगामी निर्वाचनमा भाग लिन आग्रह गर्नुभएको छ।  शुक्रबार साँझ भिडियो सन्देशमार्फत् उहाँले जेनजी युवालाई नाग...

थप पढ्नुहोस्

पोखरा: नेपाल परिवार नियोजन संघ कास्की शाखाले शुक्रबार पोखरा महानगरपालिका वडा नं २ स्थित विन्ध्यवासिनी माविमा यौन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान संचालन गरेको छ । संघले किशोर किशोरी तथा युवालाई लक्षित...

थप पढ्नुहोस्

लमजुङ:  लमजुङमा जिपको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ ।  क्व्होलासोथार गाउँपालिका– ३ घलेगाउँबाट बेँसीसहर आउँदै गरेको ग१ज ६३०६ नम्बरको बोलेरो जिपले ठक्कर दिँदा सोही पालिका&...

थप पढ्नुहोस्