पाेखरामा भूमिअधिकार मञ्चको अभिमुखिकरण कार्यक्रम
कास्की | जेठ २५, २०८१

पोखरा: राष्ट्रिय भूमिअधिकार मञ्च नेपाल गण्डकी प्रदेश मञ्चको बैठक एवम् अभिमूखिकरण कार्यक्रम विभिन्न महत्वपूर्ण विषयमा समिक्षा गरी कास्कीमा सम्पन्न भएकाे छ ।
बैठकमा मञ्चका राष्ट्रिय अध्यक्ष ल्याम बहादुर दर्जी र केन्द्रिय सदस्य निर्मल नेपालीले अभिमुखिकरणको सहजीकरण गरेका थिए भने नवलपुर, गोर्खा, तनुहँ, कास्की, पर्वत र बाग्लुङ जिल्लाका ३६ जना अध्यक्ष तथा पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
सो अवसरमा जिल्लागत समिक्षा, प्रदेश मञ्चको साङ्गठनिक प्रतिवेदन, राष्ट्रिय मञ्चको साङ्गठनिक प्रगति प्रतिवेदनमाथि छलफल गर्नुका साथै वार्षिक योजना सम्बन्धि निर्णय गरेको थियो ।
साथै गत जेठ २० गते दाङ जिल्लामा भएको गुठी आन्दोलनमा घाइते मञ्चका सदस्यहरुको सिघ्र स्वास्थ्यलाभको कामना गर्नुका साथैै घाइतेको सम्पूर्ण उपचार खर्च राज्यले व्यहोर्नु पर्ने विषयमा पनि बैठकमा छलफल भएको थियो ।
बैठकमा देशभर भइरहेको भूमिहिन दलित, भूमिहिन सुकुम्बारी तथा अव्यवस्थित वस्तीहरु उठिबास, वेदखली, भूमि आयोग विगटन, गुठी आन्दोलनहरुबारे समिक्षा गर्नुका साथै समसामयिक विषयमा गहन छलफल गरेको गण्डकी प्रदेश मञ्चका अध्यक्ष रामबहादुर लामिछानेले बताए ।
सो अवसरमा गण्डकी प्रदेशका कोषाध्यक्ष धनकुमारी गुरुङले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन बैठकले सर्वसम्मत पास गरेको थियो ।
कार्यक्रममा राष्ट्रिय भूमि आयोग कास्कीका निवर्तमान प्रवक्ता आसबहादुर गुरुङ, मञ्चका केन्द्रिय सदस्य मनरुपा कुमाललगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
मञ्चको गण्डकी प्रदेश अध्यक्ष रामबहादुर लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश उपसचिव मोहन प्रसाद गुरुङले स्वागत र संचालन कास्की जिल्ला अध्यक्ष प्रेमबहादुर गुरुङले गरेका थिए ।
काठमाडौं: प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४३औँ स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभ...
नवलपरासी: चार लेनमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको म्याद एक वर्ष थपिने भएको छ । सडक विभाग आयोजना निर्देशनालय (एडिबी)का आयोजना निर्देशक इञ्जिनियर चुडाराज ढक...
पोखरा: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे ७ दिने औपचारिक भ्रमणका लागि मंगलबार चीनतर्फ प्रस्थान गरेका छन्। नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सवको अवसरमा आयोजित...