नेकपा एमाले सुनसरीका नवनिर्वाचित अध्यक्ष खनालको निधन
सुनसरी | जेठ २४, २०८१

सुनसरी: नेकपा एमाले सुनसरीका अध्यक्ष निलम खनालको निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहेका खनालको उपचारका क्रममा निधन भएको हो ।
खनाललाई उपचारका लागि भारतको हैदरावाद लगिएकोमा त्यहीँ उपचारका क्रममा उनको निधन भएको हो । उनी दुई साताअघि मात्रै सुनसरी एमालेको अध्यक्षमा निर्वाचित भएका थिए ।
जेठ ५ देखि ७ सम्म चलेको आठौँ जिल्ला अधिवेशनबाट खनाल एमाले सुनसरीको अध्यक्षमा निर्वाचित भएका थिए ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–४ घर भएका ६२ वर्षीय खनाल यही जेठ ७ गतेमात्रै एमाले सुनसरीको आठौं जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए ।
काठमाडौं: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले गएराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँले वृद्धि गरेको हो । यस्तै, मट्टितेल र डिजलमा प्रतिलिटर ...
पोखरा: कास्कीको मादी गाउँपालिका–६ का स्थानीय बामदेव बरालका १९ वर्षीय विजय बराल करेन्ट लागेर गम्घिर घाइते भएका छन् । शनिबार बिहान करिव १०ः५० बजेको समयमा बारीमा मकैको ढोडको भारी बोक्दा सुुप...
काठमाडौं: संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्त’ सम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन स्पेनको सेभियास्थित फेबिस प्रदर्शनी केन्द्रमा आजेदखि सुरू भएको छ । सम्मेलनमा नेपालका प्रधानमन्त्री केपी ...