पोखरा–जापान सम्बन्धको सेतुका रूपमा ‘साकुरा’: नगर प्रमुख आचार्य

पाेखरा | जेठ २४, २०८१

पोखरा–जापान सम्बन्धको सेतुका रूपमा ‘साकुरा’: नगर प्रमुख आचार्य

पोखरा:   विश्व वातावरण दिवसका अवसरमा पोखराको कोमागाने पार्क र बसुन्धारा पार्कमा साकुरा प्रजातिको फूल लगाइएको छ ।

 

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, प्रमुख प्रसाकीय अधिकृत श्यामकृष्ण थापा, इन्स्टिच्युट अफ हिमालयन कन्जरभेसन (आइएचसी) र क्युटो युनिभर्सिटी जापानका प्रोफेसर पाक्या शुमा लगायतले पोखरा–जापानमैत्री पार्क ‘कोमागाने’मा २३ वटा साकुरा लगाउनुभएको हो ।

 

उता पोखरा वडा नं.६ र मितेरी आमा समूहको सक्रियतामा बसुन्धारा पार्कमा २५ वटा साकुरा लगाइएको छ । 

 

पोखरा जापान सम्बन्धलाई सुमधुर बनाउने उद्देश्यले पोखरा–जापान मैत्रीपार्क ‘कोमागाने’ मा जापानी राष्ट्रिय फूल ‘साकुरा’ लगाइएको नगरप्रमुख आचार्यले बताउनुभयो । पोखराको हावापानीमा साकुरा फुल्ने प्राविधिक तथा वातावरणीय अध्ययन पश्चात् जापानबाट यो फुल ल्याइएको उहाँले बताउनुभयो । फुल्दा असाध्यै सुन्दर देखिने साकुरा पोखरा–जापानको साइनोलाई थप मजबुत बनाउने सेतुका रूपमा आफूले लिइएको उहाँले बताउनुभयो ।

 

प्रमुख आचार्यले साकुरा रोपणसँगै पोखरामा २ लाख २६ हजार बिरुवा रोप्ने ग्रिन पोखरा, क्लिन पोखराको मेगा प्रोजेक्ट सुरु भएको घोषणा समेत गर्नुभयो ।

 

यस परियोजनाको शुभारम्भ सुखद भएको उल्लेख गर्दै उहाँले महानगर क्षेत्रमा सार्वजनिक स्थल, खुल्लाचौर तथा पाखा पखेरा, नदी तथा राजमार्ग किनार लगायत क्षेत्रमा विभिन्न प्रजातिका २ लाख २६ हजार बढी बिरुवाहरू लगाइने उहाँले बताउनुभयो । 

 

प्रोफेसर शुमाले साकुरा हिमालयको काखमा फुल्ने सयौँ प्रजाति भएको सुन्दर फुलका रूपमा चित्रण गर्दै हिमालयको देश नेपालमा यसको विकास हुनु साकुरा आफ्नो घर फर्किएको रूपमा लिनु पर्ने बताउनुभयो ।

 

साकुराका लागि पोखरामा उत्तम वातावरण रहेको उहाँले बताउनुभयो । अब यसलाई पार्कमा मात्र होइन अन्य क्षेत्रमा पनि विस्तार गर्दै लैजाने उहाँले बताउनुभयो । 

 

जापानबाट १०० साकुराका बिरुवाहरू पोखरा ल्याइएको छ । केही बिरुवाहरू रोप्न बाँकी रहेको र उपयुक्त स्थानमा ती बिरुवाहरू लगाइने सहरी विकास, पर्यटन तथा वातावरण महाशाखा प्रमुख भरतराज पौडेलले बताउनुभयो ।

 

साकुरालाई शान्तिको प्रतीक मानिन्छ । विश्वमा शान्ति, भ्रातृत्व र समृद्धिको सन्देश प्रवाह गर्न जापानले २३ देशका ३५ सहरमा साकुरा रोप्दै आएको छ ।

 

नेपालका गाउँ गाउँमा साकुरा रोपेर दुई देशबिचको सम्बन्धलाई थप प्रगाढ बनाउने चाहना उसको छ । नेपालमा पनि साकुरा हुर्कन सक्ने वातावरण भएकाले शान्तिको सन्देश फैलाउने उद्देश्य लिइएको हो । 

पोखरा:  नेपाली समाज अनि संस्कृतिको बारेमा गहन अध्ययन गरेका वेलायतका प्राध्यापक डेविड गेल्नरले शुक्रबार पोखरामा यसबारे चर्चा गरेका छन् ।  अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक गेल्नरले नेपाली दलित सम...

थप पढ्नुहोस्

काठमाडौं:   सरकारले आगामी आर्थिक वर्षदेखि नियुक्त हुने सरकारी कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्ने भएको छ । पेन्सन वा उपदानको सट्टा उक्त प्रणाली लागू गर्न लागिएको अर्थ मन्त्रालयले ज...

थप पढ्नुहोस्

पोखरा: देशभरका सुनचाँदी व्यवसायीहरुले एकसातादेखि पसलमा ताला लगाएर सुनचाँदीमा लगाएको ‘विलासी कर’ को खारेजी माग राखेर विरोध गरिरहेका छन् ।  नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र स...

थप पढ्नुहोस्