नेपाल बंगबन्धु कप कबड्डीको फाइनलमा, कप्तान रोकामगर पाँचौ पटक प्लेयर द म्याच घोषित
उपाधिका लागि आयोजक बंगलादेशसँग खेल्ने
पाेखरा | जेठ २०, २०८१
पोखरा: नेपालले केन्यालाई पराजित गर्दै बंगबन्धु कप अन्तर्राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बंगलादेशको ढाकामा जारी बंगबन्धु कप अन्तर्राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको दोस्रो सेमिफाइनलमा केन्यालाई पेनाल्टीमा ५९–५५ ले पराजित गर्दै नेपालले फाइनलमा स्थान पक्का गरेको हो ।
४० मिनेटको निर्धारित समय नेपाल र केन्या ५०–५० अङ्कले बराबरी खेलेपछि खेल पेनाल्टी (५ रेडमा ) धकलिएको थियो । नेपालले पेनाल्टी (५ रेडमा) केन्यालाई ५९–५५ अङ्कले पराजित गरेको हो ।
उक्त खेलमा नेपालका कप्तान घनश्याम रोका मगर प्लेअर अफ दि म्याच घोषित भए । कप्तान रोकामगर जारी प्रतियोगितामा पाँचौ पटक प्लेयर अफ दि म्याच घोषित भएका छन् । नेपालको राष्ट्रिय कबड्डी टिममा गण्डकीका बिशाल थापामगर पनि रहेका छन् ।
यस्तै पहिलो सेमिफाइनलमा आयोजक बंगलादेशले थाइल्याण्डलाई ४१–१८ अङ्कले पराजित गर्दै फाइनल पुगीसकेको छ ।
बंगबन्धु कप अन्तर्राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधिका लागि नेपाल र बंगलादेशले प्रतिस्पर्धा गर्नेछन् । नेपालले समूह चरणको ५ खेल मध्ये ४ खेलमा विजयी हुँदै समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको थियो । नेपालले समूह चरणमा मलेसिया, पोल्याण्ड, दक्षिण कोरिया, इन्डोनेसिया माथि जित निकालेको थियो । भने, बंगलादेशसँग पराजित भएको थियो ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

