टी-२० विश्वकपमा घरेलु टोली अमेरिकाको सानदार विजयी सुरुआत
काठमाडाैं | जेठ २०, २०८१
काठमाडौं: आइसिसी टी-२० विश्वकप २०२४ मा अमेरिकाले विजयी सुरुवात गरेको छ । डल्लास स्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा भएको उद्दघाटन खेलमा अमेरिकाले क्यानाडा माथि ७ विकेटको सानदार जित दर्ता गरेको हो ।
क्यानाडाकाले दिएको १९५ रनको विशाल लक्ष्य पछ्याएको अमेरिकाले १७.४ ओभरमा मात्र ३ विकेटको क्षतिमा सो लक्ष्य पूरा गर्यो । एरन जोन्स र एनड्रीस गुसको १३१ रनको विष्फोटक साझेदारीले खेल क्यानडाको हातबाट टाढा लगिदियो ।
जोन्सले ४० बलमा ४ चौका र १० छक्काको मद्दतमा ९४ रन बनाउँदै अविजित रहे । गुस भने ४६ बलमा ७ चौका र ३ छक्का सहित ६५ रन बनाएर आउट भएका थिए ।
ओपनर स्टेभेन टेलर शून्यमा पेभेलियन फर्किएपछि अमेरिका केही दवावमा आएको थियो । अर्का ओपनर मोनांक पटेल पनि १६ रन बनाएर आउट भएपछि अमेरिकाको स्कोर ४२(२ रहेको थियो । तर तेस्रो विकेटको विशाल साझेदारी पछि अमेरिका जिततर्फ लम्किएको थियो । अमेरिकाका कोरी एन्डरसन ३ रन बनाएर अविजित रहे ।
क्यानाडाका लागि कलीम सना, डिलन हेलिगर र निखिल दत्तले समान १/१ विकेट लिएका थिए ।
त्यसअघि टस हारेर व्याटिङको निम्तो पाएको क्यानाडाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९४ रन जोडेको थियो । क्यानाडाका लागि नभनित धालिवालले ४४ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ६१ रन बनाएका थिए ।
यस्तै निकोलस किर्तनले ३१ बलमा ५१ रन बनाउँदै अर्धशतक पुरा गरे । एरन जोन्सनले २३, दिलप्रित सिंहले ११ तथा पर्गत सिंहले ५ रन बनाए ।
अमेरिकाका लागि अलि खान, हरमीत सिंह र कोरी एन्डरसनले १/१ विकेट लिए ।
अमेरिका र क्यानाडा रहेको समूह ए मा भारत, पाकिस्तान र आयरल्यान्ड समेत रहेका छन् । विश्वकपको दोस्रो खेलमा आईतवार नै नेपाली समय अनुसार बेलुका ७:१५ बजे वेस्ट इन्डिज र पपुवा न्यूगिनी भिड्ने छन् ।
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले भिडियो सन्देश सार्वजनिक गर्नुहुँदै नयाँ मतदातालाई आगामी निर्वाचनमा भाग लिन आग्रह गर्नुभएको छ। शुक्रबार साँझ भिडियो सन्देशमार्फत् उहाँले जेनजी युवालाई नाग...
पोखरा: नेपाल परिवार नियोजन संघ कास्की शाखाले शुक्रबार पोखरा महानगरपालिका वडा नं २ स्थित विन्ध्यवासिनी माविमा यौन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान संचालन गरेको छ । संघले किशोर किशोरी तथा युवालाई लक्षित...
लमजुङ: लमजुङमा जिपको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ । क्व्होलासोथार गाउँपालिका– ३ घलेगाउँबाट बेँसीसहर आउँदै गरेको ग१ज ६३०६ नम्बरको बोलेरो जिपले ठक्कर दिँदा सोही पालिका&...

