टेन टु इलाभेनलाई भेट्रान्स फुटसलको उपाधि
पाेखरा | जेठ १९, २०८१
पोखरा: स्वर्णिम एफसीद्वारा आयोजित पहिलो संस्करणको भेट्रान्स (३५ वर्ष माथी) फुटसल प्रतियोगिताको उपाधि टेन टु इलाभेनले जितेको छ ।
अमरसिंह स्पोर्टस् सेन्टरमा आज (शनिबार) भएको फाइनल खेलमा आयोजक (स्वर्णिम एफसी) रातोलाई ५–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै टेन टु इलाभेनले उपाधि जितेको हो ।
उपाधिसँगै टेन टु इलाभेनले नगद रु ६० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे ।
यस्तै उपविजेता बनेको आयोजकले स्वर्णिम एफसीले नगद रु ३० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्याे ।
कुल १६ टिमको सहभागिता रहेको सो प्रतियोगिताबाट सर्वाेत्कृष्ट खेलाडीका रुपमा टेन टु इलाभेनका चौ गुरुङ ट्रफि र नगद राशीसहित पुरस्कृत भए भने उत्कृष्ट गोलरक्षकका रुपमा आयोजकका मुन गुरुङ पुरस्कृत भए ।
विजेता तथा उपविजेता टोलीलाई समापन समारोहका प्रमुख अतिथिसमेत रहेका पोखरा महानगरपालिका १० का वडाध्यक्ष राजेश गुरुङ, क्लबका अध्यक्ष गोमेश गुरुङ, तथा प्रायोजकहरुले पुरस्कार वितरण गरेका थिए ।
पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...
पोखरा — नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

