अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक संसदीय समितिबाट पारित
काठमाडाैं | जेठ १८, २०८१
काठमाडौं: प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिबाट अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक पारित भएको छ ।
समितिको आजको बैठकले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक पारित गरेको हो । बैठकले अभिलेख संरक्षण ऐन, २०४६ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल सकेर सर्वसम्मत पारित गरेको सभापति राजकिशोर यादवले जानकारी दिनुभयो ।
राष्ट्रियसभाबाट पारित भएको विधेयकको प्रतिवेदन अब प्रतिनिधिसभामा पेस हुनेछ । त्यहाँबाट स्वीकृत भएर पुनः राष्ट्रियसभामा लैजानुपर्ने, प्रतिनिधिसभाले गरेको संशोधन राष्ट्रियसभाले स्वीकार गरेमा अध्यक्षबाट प्रमाणित भई राष्ट्रपतिकहाँ पठाउने र राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कानुन बनेर कार्यान्वयनमा आउने प्रावधान छ ।
प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका मागहरू नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन् । ६ महिने अवधि पाएको आफू नेतृत्वको सरकारले निर्वाचन सफलतापूर्वक पूरा गरेको बताउँदै उनले माग सम्बोधनका ल...
पोखराः पोखरा वडा नं. ५ स्थित शान्ति निकेतन स्कूलले नयाँ सुविधासम्पन्न भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउने भएको छ । आगामी शैक्षिक सत्र २०८३ देखि नयाँ व्यवस्थापनका साथ पठनपाठनको बारेमा तथा विद्यालयको भा...
विराटनगरः नेपालको औद्योगिक नगरी विराटनगरका वासिन्दालाई पर्यटनको राजधानी पोखरा भ्रमणको निम्ता प्रदान गरिएको छ । जाउँ है पोखरा अभियान अन्तर्गत पूर्वी नेपालको भ्रमणमा रहेको होटल संघ पोखरा नेपालको टोलीले वि...

