हावाहुरीका कारण कास्कीको रुपामा १४ घरमा क्षति
पाेखरा | जेठ १८, २०८१
फोटो: प्रकाश खनालको फेसबुकबाट
पोखरा: कास्कीको रुपा गाउँपालिकामा अचानक आएको हावाहुरीका कारण १४ घरमा क्षति पुगेको छ ।
बिहीबार साँझ अचानक हावाहुरीसँग आएको वर्षाका कारण रुपा गाउँपालिका- १ र २ वडाका स्थानीयको घरमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
हावाहुरीसँगै आएको वर्षाका कारण रुपामा घर, गोठ र मन्दिरमा आंशिक क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी बसन्त कुमार शर्माले जानकारी दिए ।
उनका अनुसार हावाहुरीले घरको छानो उडाउँदा घरभित्र राखिएका अन्नपात,लत्ताकपडा समेत भिजेको छ । यस्तै हावाहुरीले बाख्राको खोर, माहुरीको घार, चिसापानीस्थित कोट मन्दिरको छानोसमेत उडाएको छ ।
हावाहुरीको कारण क्षति पुगेको स्थानमा उद्धारका लागि प्रहरी खटिएको कास्की प्रहरीले जनाएको छ । हावाहुरीका कारण मानविय क्षति भने भएको छैन । यस्तै बिहीबार नै अचानक आएको हावाहुरीका कारण फेवातालमा फसेकी विदेशी नागरिकको सकुशल उद्धार गरिएको थियो ।
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...
काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदैछन् । बैठकमा महालेखा परीक्षकको वार्षिक प्रतिवेदन तथा आर्थिक विधेयक, २०८३ पारित गर्ने कार्यसूची छ । सङ्घ...

