हावाहुरीका कारण कास्कीको रुपामा १४ घरमा क्षति
पाेखरा | जेठ १८, २०८१
फोटो: प्रकाश खनालको फेसबुकबाट
पोखरा: कास्कीको रुपा गाउँपालिकामा अचानक आएको हावाहुरीका कारण १४ घरमा क्षति पुगेको छ ।
बिहीबार साँझ अचानक हावाहुरीसँग आएको वर्षाका कारण रुपा गाउँपालिका- १ र २ वडाका स्थानीयको घरमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
हावाहुरीसँगै आएको वर्षाका कारण रुपामा घर, गोठ र मन्दिरमा आंशिक क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी बसन्त कुमार शर्माले जानकारी दिए ।
उनका अनुसार हावाहुरीले घरको छानो उडाउँदा घरभित्र राखिएका अन्नपात,लत्ताकपडा समेत भिजेको छ । यस्तै हावाहुरीले बाख्राको खोर, माहुरीको घार, चिसापानीस्थित कोट मन्दिरको छानोसमेत उडाएको छ ।
हावाहुरीको कारण क्षति पुगेको स्थानमा उद्धारका लागि प्रहरी खटिएको कास्की प्रहरीले जनाएको छ । हावाहुरीका कारण मानविय क्षति भने भएको छैन । यस्तै बिहीबार नै अचानक आएको हावाहुरीका कारण फेवातालमा फसेकी विदेशी नागरिकको सकुशल उद्धार गरिएको थियो ।
बर्दिया: मासु किन्न नसक्ने विपन्न वर्गका थारु समुदायले पहिलेपहिले चाडबाडका बेला माछा, घोंगी, गङ्गटा, सुतही मारेर चाड मनाउँथे । तर केही वर्षयता यस क्षेत्रका खेत, खोलानाला, तालतलैयामा घोंगी, गङ्गटा, सुत...
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको क्षेत्रगत मापदण्डसहितको अन्तरपार्टी निर्देशन जारी भएपछि मातहतका कमिटी र सङ्गठनले आवश्यक तयारी सुरु ...
मुस्ताङ: मुस्ताङ र डोल्पाको सिमाना छार्का भेरोलको हिउँमा फसेका दुई जना नेपाली पर्यटकको आज बिहान हेलिकप्टरमार्फत उद्धार गरिएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङको समन्वयमा इन्द्रबक्स गणको नेपाली सेनाको सहय...

