निरमाया दोहोरी साँझलाई भलिबल प्रतियोगिताको उपाधि
पाेखरा | जेठ १६, २०८१

पोखराः पोखरामा सम्पन्न दोहोरी साँझस्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि निरमाया दोहोरी साँझले जितेको छ ।
पोखरा कलाकार खेलकुद संघको आयोजनामा फुलबारीस्थित ग्रीन गार्डन स्पोर्टस् हबमा भएको फाइनल खेलमा बाराही दोहोरी साँझलाई हराउदै निरमायाले उपाधि जितेको हो ।
उपाधिसँगै निरमायाले पुरस्कार स्वरुप खसी प्राप्त गर्याे । सो प्रतियोगितामा आयोजक संस्था तेस्रो बन्यो ।
प्रतियोगिताबाट निरमाया दोहोरीकै सीता काउचा मगर उत्कृष्ट खेलाडी घोषित हुँदै नगद पुरस्कारसहित भलिबल हात पारिन् ।
भलिबलसँगै रस्साकस्सी र म्युजिकल चियर (निरुता थापामगर) प्रतियोगितामासमेत निरमाया साँझले नै जितेको थियो ।
विजेता बनेको निरमायाको भलिबल टिममा सिता मगर, इन्दिरा पुन मगर, निरुता थापा मगर, माया पुन मगर, एलिना पुन मगर, सुष्मा पुन मगर, सुनिमा गुरुङ, लक्ष्मी गुरुङ थिए ।
उक्त प्रतियोगितामा पोखरामा संचालित ८ वटा महिला समुहको सहभागिता रहेको थियो ।
प्रतियोगिताको समापन समारोहमा बोल्दै पोखरा दोहोरी साँझ रेष्टुरेण्ट व्यवसायी संघका अध्यक्ष तथा निरमाया दोहोरी साँझका संचालकसमेत रहेका जीवन गुरुङले सो प्रतियोगिताले भाइचाराको सम्बन्ध स्थापित गर्न सहयोग पुगेको बताए ।
उनले आगामी दिनमासमेत विभिन्न खालका खेलकुद तथा रचनात्मक प्रतियोगिताहरु निरन्तर हुनुपर्ने धारणा राखेका थिए ।
यस्तै निरमाया दोहोरी साँझका अर्का संचालक सुरेन्द्र गुरुङले दोहोरीका कलाकार खेलमासमेत उत्कृष्ट भएको देख्न पाउँदा खुशी लागेको उल्लेख गरे ।
उनले निरमाया दोहोरी साँझ पारिवारिकमैत्री दोहोरी साँझ भएकाले लोक संस्कृतिको जगेर्ना गर्र्दै आएको बताएका थिए ।
विगत २१ वर्षदेखि पारिवारिकमैत्री वातावारणमा लोक संस्कृतिको क्षेत्रमा योगदान र सेवा दिदैं आएको निरमाया दोहोरी साँझ रुपाहिल दोहोरी साँझले बिफिट फुटसल जोनमा आयोजना गरेको फुटसल प्रतियोगितामा पनि च्याम्पियन बनेको थियो ।
पोखरा: गण्डकी प्रदेश सरकारले आज (बुधबार) आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ। प्रदेश प्रमुख डिल्लीराज भट्टले दिउँसो १ बजे प्रदेश सभामा नीति तथा कार्यक्रम ...
काठमाडौं: सङ्घीय संसदको दुवै सदनको बैठक बुधबार बस्दैछ । प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्दैछ । आजको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘ आर्थिक बर्ष २०८२/८३ क...
पोखरा: कक्षाकोठालाई सिकाई मैत्री तथा शैक्षिक वातावरणमय बनाउन कक्षागत रुपमा कक्षाकोठा सजावट प्रतियोगिता सम्पन्न गरिएको छ । पोखरा १ मोहरियाटोलमा सञ्चालित विन्ध्येश्वरी आदर्श बोर्डिङ...