मर्दीखोलामा पौडी खेल्न गएका शिवको डुबेर मृत्यु
पाेखरा | जेठ १४, २०८१
सांकेतिक तस्वीर
पोखरा: मर्दी खोलामा पौडी खेल्न गएका शिव थापा मगरको डुबेर मृत्यु भएको छ। आइतबार दिउँसो मर्दी खोलामा पौडी खेल्ने क्रममा थापामगरको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
कास्कीको माछापूच्छ«े गाउँपालिका–५ रिभानस्थित आनन्द ठाँटी बस्ने ४९ वर्षीय थापामगरको शान्तिघाट नजिक मर्दी खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।
पौडी खेल्ने क्रममा खोलामा डुबेर मृत्यु भएका थापामगरको शवलाई पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल)मा ल्याइएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सहारा क्लब अष्ट्रेलियाका अध्यक्ष सिद्धार्थ पौडेलले आर्थिक सहयोग गरेका छन् । व्...
पोखरा: नेकपा एमाले कास्की क्षेत्र नम्बर २ का प्रतिनिधि सभा उम्मेदवार रश्मि आचार्यले भूमिहिन र सुकुम्बासीको समस्या समाधानलाई आफ्नो मुख्य प्राथमिकता भएको बताएका छन् । उनले आफू निर्वाचित भए...
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुकमा घान्द्रुक पर्यटन महोत्सव सुरु भएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समिति र रोधीं क्लब कोँड (घान्द्रुक)को संयुक्त आयोजनामा ब...

