मुख्यमन्त्री अधिकारी र राजदुत लोरेन्जोको शिष्टाचार भेट
पाेखरा | जेठ १४, २०८१

पोखरा: गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीसँग नेपालका लागि युरोपियन युनियन (ईयू)का राजदुत भेरोनिक लोरेन्जोले आइतबार शिष्टाचार भेट गर्नुभएको छ । मुख्यमन्त्री अधिकारी र राजदुत लोरेन्जोसबीच मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पोखरामा भेट भएको हो ।
भेटमा नेपाल र युरोपियन युनियनबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा महत्वपूर्ण छलफल भयो ।
भेटका क्रममा मुख्यमन्त्री अधिकारीले युरोपिन युनियन नेपालको आर्थिक विकासमा निकै महत्वपूर्ण साझेदार भएको बताउनुभयो ।
‘गण्डकी प्रदेश प्राकृतिक र साँस्कृतिक रुपमा धनी प्रदेश हो, हाम्रा प्राथमिकतामा पर्यटन, विद्युत, पशुपालन, कृषि वनमा आधारित र सुगन्धित वनस्पति साथै चिया कफीको प्रवद्र्धन समावेश छन्’ मुख्यमन्त्री अधिकारीले भन्नुभयो । यी क्षेत्रमा व्यापार र लगानी बढाउन सहकार्य गर्न गण्डकी प्रदेश सरकार इच्छुक रहेको उहाँले खुलाउनुभयो ।
गण्डकी प्रदेशको मुस्ताङ, मनाङ, म्याग्दी, कास्की, गोरखा र लमजुङका पहाडी क्षेत्रहरुमा बाख्रा पालनको प्रचुर सम्भावना रहेको र त्यसबाट गुणस्तरीय पश्मिनाको उत्पादनको लागि उन उपलब्ध गराउन सकिने मुख्यमन्त्री अधिकारीको भनाई थियो ।
युरोपियन युनियन र नेपालले यो बर्ष ‘सँगसँगै बलियो हुँदै’ भन्ने नाराका साथ कुटनीतिक सम्बन्धको ५० औं बर्षगाँठ मनाइरहेका बेला भएको भेटमा राजुदुत लोरेन्जोले जलवायु परिवर्तनले पारेको असर तथा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका बारेमा चासो व्यक्त गर्नुभयो ।
जलवायु परिवर्तन तथा वातावरण प्रदुषणका कारण पोखरा आउँदा हिमाल हेर्न नपाएकोमा राजदुत लोरेन्जोले चिन्ता व्यक्त गर्नुभयो । ‘मेरो श्रीमान् दूईपटक पोखरा आउनुभयो, उहाँले दुवैपटक हिमाल हेर्न पाउनुभएन’ लोरेन्जोले गुनासो गर्नुभयो । प्रदुषणका कारण पोखराको सौन्र्दयतामा आएको ह्रासले पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव पर्ने सक्ने आशंका उहाँको थियो । ईयूले गर्दै आएको सहयोग र सहकार्य निरन्तर गर्दै जाने उहाँले बताउनुभयो ।
भेटका क्रममा राजदुत लोरेन्जोले गर्नुभएको प्रतिवद्धता र देखाउनुभएको चासोप्रति मुख्यमन्त्री अधिकारीले आभार व्यक्त गर्नुभयो ।
युरोपियन युनियन र नेपालले राजनीतिक तथा आर्थिक सम्बन्ध सन् १९७४ मा स्थापित गरेका थिए भने सन् १९९६ को जुन १ मा साझेदारी सम्झौता सम्पन्न भएको थियो । युरोपियन युनियनको सहयोगमा नेपालमा विभिन्न परियोजना संचालनमा छन् ।
विराटनगर: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको मुद्दा अब अदालतको विषय भएकाले कुनै टिप्पणी नगर्ने बताउनुभएको छ । विर...
काठमाडौं: लगातार स्थगित हुँदै आएको प्रतिनिधि सभाको बैठक शुक्रबार पनि सूचना टाँस गरेर जेठ २५ गते आइतबार १ बजेसम्मका लागि स्थगित भएको छ । विपक्षी दलले गृहमन्त्रीको राजीनामा सहितका माग गर्दै सदन सञ्च...
धनुषा: नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मधेशमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्ने बताउनुभएको छ । आज पार्टीको मधेश प्रदेश कार्यालय जनकपुरधाममा पत्रकारहरूसँग कुरा गर्...